आज २०७७ वैशाख ११ गते विहीबार माताको दर्शन गरी राशिफल हेर्नुहोस

आज २०७७ वैशाख ११ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफल:

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प’रिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बा’धा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रेम र मित्रताको ब’न्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्र’तिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आ’लोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा वि’वादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बे’सुरको काममा अ’लमलिनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ई’र्ष्या गर्नेहरूले अ’वरोध पुर्याउन सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चु’नौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुरुषार्थद्वारा प्र’तिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दु’श्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि वि’वादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अ’प्ठ्यारा प’रिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मि’हिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।

प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार ००:०८