नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ पुग्यो, धादिङका युवालाई आजै डिस्चार्ज गरिदै

काठमाडौं,नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ पुगेको छ। धादिङका ३२ वर्षका युवकको रि’पोर्ट कोरोना नेगेटिभ आए संगै निको हुनेको संख्या ६ पुगेको हो । सहिद शुक्रराज ट्रपिकल तथा स’रुवा रोग अस्पताल टेकुमा उपचाररत युवकको तेस्रो र चौथो रिपोर्ट नेगे’टिभ आएपछि आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँ चैत ६ गते दुबईबाट नेपाल आउनुभएको थियो । नेपाल आउनुभएपछि होटलमा बसेको छैठौ दिनमा स्वास्थ्यमा असहज भएपछि स’रुवा रोग अस्पताल पुग्नुभएको थियो ।

परीक्षण गर्दा १२ गते कोरोना भा’इरस रोगको सं’क्रमणको पुष्टि भएको थियो । उहाँ निको हुनेमा छैठौ व्यक्ति हुनुन्छ ।यसअघि ५ जना निको भएर घर गइसक्नुभएको छ । यो संगै टेकु अस्पतालबाट निको हुनेको संख्या तीन पुगेको छ । धनगढीमा दुई र धौलागिरि अञ्चल अस्पतालमा उपचारत एक जना निको भएर घर जानुभइसकेको छ ।

प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १०:०७