प्रतिनिधिसभाले आज सभामुख पाउँदै

२०७६ माघ १२ गते

गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्वि’रोध निर्वाचित हुँदैछन् ।

संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुं’ग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ ।

ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न समय दिनेछन् । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

यद्यपि, ह’त्या अ’भियोग लागेका व्यक्तिलाई सभामुख उम्मेदवार बनाइएको भन्दै वि’रोधसमेत भइरहेको छ । वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा हालेको रि’टमा आजै सु’नुवाइ हुँदैछ ।

सभामुख चयन सकिएलगत्तै अब उपसभामुखका लागि पनि निर्वाचन हुनेछ
शिवमाया तुम्बाहाङ्फेले रा’जीनामा दिएपछि उपसभामुख रि’क्त छ
सभामुख र उपसभामुख फरक राजनीतिक दलबाट हुनुपर्ने प्रा’वधान भएकाले उपसभामुख भने नेकपाबाहेकका दलबाट चयन हुनेछ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०३:५६