आज २०७७ वैशाख १० गते बुधबार भगवान श्री कृष्णको दर्शन गरी  राशिफल हेर्नुहोस

आज २०७७ वैशाख १० गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफल:

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक त’नाव बढ्ने छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी क’लह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वा’दविवाद हुने सम्भवाना छ । आ’लोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ ।जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बे’सुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धो’का पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आ’लोचना गर्न सक्छन्।दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बि’छोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बा’धा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

र अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनी त्यसको फलअवस्यपनी शुभ फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको दिन शुभ /मंगल रहोस भवतु सब्ब मंगलम !

 

प्रकाशित मिति १० बैशाख २०७७, बुधबार ००:२७