‘कोरोना’ संक्रमणः सं’क्रमितको संख्या थप ८ जना सहित ४० पुग्यो

उदयपुरमा थप ८ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शं’कास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यस क्रममा आठै जनामा को’रोना संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरो’ना सं’क्रमण भएको थियो ।

अहिले संक्र’मण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै को’रोना सं’क्रमण पुष्टि भएको छ । योसमेत अहिलेसम्म नेपालमा को’रोना संक्र’मितको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार १३:०१