नेपालमा पाँचौं कोरोना सं’क्रमित उपचार पछि निको

काठमाडौं– सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना सं’क्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचारत ३४ वर्षीया अर्का एक पुरुषलाई कोरोना निको भएको हो ।

अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिएको हो ।

कोरोना निको भएपछि अस्पतालले उनलाई मंगलबार नै डि’स्चार्ज गरिदिएको छ । सेती प्रादेशिक अस्पतालमा यसअघि बैशाख ७ गते २१ वर्षीया पुरुषमा कोरोना सं’क्रमण निको भइ घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा हाल ३ जना कोरोना सं’क्रमित भने उपचारत अवस्थामा छन् । सेती प्रादेशिक अस्पतालमा निको भएका दोस्रो कोरोना सं’क्रमितसँगै नेपालमा कोरोना रोग जित्ने व्यक्तिको संख्या ५ पुगेको छ

हाल नेपालमा कोरोना सं’क्रमण हुनेको संख्या ३२ पुगेकोमा अब २७ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार १२:४६