देवरको ह’त्या गरेको अ’भियोगमा २८ वर्षीया महिला कारागार चलान

महोत्तरी– जिल्ला अदालत महोत्तरीले देवरको ह’त्याको अ’भियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर पर’पुरुषसँग अ’वैध स म्बन्ध राखेकै बेला आ’पत्तिजनक अवस्थामा देवरले देखेपछि भाउजुले प्रेमीसँग मिलेर उनको ह’त्या गरेको आ’रोप लागेको थियो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले दा’यर गरेको मु’द्दाको थुनछेक आदेश जारी गर्दै महोत्तरी जिल्ला अदालतले महिलालाई पुर्पक्षका लागि मंगलबार कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।

सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थि’चेर ह’त्या गरी श’व घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घ’टनाबारे जानकारी गराएपछि प्रहरीले श’व नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार ०७:४९