पूजालाई बहिनी भन्दै सुष्माले दिइन् यस्तो स्पष्टिकरण

केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नायिका सुष्मा कार्कीले दिएका केही अन्तर्वार्ता चर्चामा छन् ।

सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा चर्चा पाएको छ। जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् ।

यो भिडियो केही समय अगाडिको हो । तर, लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मा कार्कीलाई टिकटकमै दर्शकले गा’ली गर्न सुरु गरेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले आ’लोचना गर्न थालेका छन् ।

दुई वर्ष अगाडिको भिडियो अहिले भा’इरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु ।

सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोसिस गरेकी छिन् ।

सुष्माले भनेकी छिन्–‘दुई वर्ष अगाडिको भिडियो अहिले भा’इरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’

सुष्माले पुरानो भिडियो केही समय भा’इरल हुने र यसपछि हराउने भन्दै अहिले भा’इरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् ।

प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार ०५:३८