दाङमा पत्नीले हानेको चि’र्पटले पतिको ज्यान गयो

दाङ- दाङमा पत्नीले हानेको चि’र्पट लागेर घा’इते भएका पतिको उपचारको क्रममा मृ’त्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेमा पत्नी निशा अधिकारीले हानेको चिर्पट प्र’हारबाट घा’इते गुमानबहादुर अधिकारीको मृ’त्यु भएको हो।

प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ रातोपानी निवासी ४० वर्षीय गुमान एक हप्ता अगाडिमात्रै भारतबाट घर फर्किएका थिए। उनकी ३५ वर्षीया पत्नी निशा दाङस्थित माइतीमा बस्दै आएको हुँदा गुमान पनि त्यहीँ गएका थिए।

४० वर्षीय गुमान एक हप्ता अगाडिमात्रै भारतबाट घर फर्किएका थिए।

वैशाख ४ गते दिउँसो गुमान म’दिरा से’वन गरी घर आएपछि निशाले पतिमाथि टाउकोमा चि’र्पटले प्र’हार गरेकी थिइन्।

घा’इते गुमानको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएकोमा उनको उपचारका क्रममा निधन भएको हो। पत्नी निशालाई प्रहरीले नि’यन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति ८ बैशाख २०७७, सोमबार १३:१५