काभ्रेमा टिपरले ठक्कर दिदा र पोखरीमा डु’बेर एक-एकको मृ’त्यु

Samacharbatika काभ्रे, माघ १२

काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिदां एक व्यक्तिको मृ’त्यु भएको छ।

पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठको शनिबार दु’र्घटनामा मृ’त्यु भएको छ।


सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठ’क्कर दिँदा ग’म्भीर घा’इते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।
यो पनि सँगै पढ्नुहोस

इँटा उद्योगको पोखरीमा डु’बेर बालिकाको मृ’त्यु

पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डु’बेर अपराह्न एक बालिकाको मृ’त्यु भएको छ।

उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डु’बेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृ’त्यु भएको प्रहरीले जनाएको छघरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा ल’डेर डु’ब्दा कृष्टिनाको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार शनिबार दिउँसो करीब पौने चार बजे पोखरीमा डु’बेकी कृष्टिनालाई उनकी आमाले उप’चारार्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा पुर्‍याएलगत्तै मृ’त घोषणा गरिएको हो।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०१:३८