आलियाले गरिन् माधुरीको कामको प्रशंसा, भनिन् – ‘महान पहल’

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितको अर्कि अभिनेत्री आलिया भट्टले तारिफ गरेकी छिन् । लकडाउनको समयमा अनलाइनमार्फत निःशुल्क डान्स सिकाउन थालेकी माधुरीको आलियाले प्रशंसा गरेकी हुन् । कोरोनाभा’इरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाई ध्यानमा राख्दै माधुरीले डान्स कक्षा शुरु गरेकी छिन् ।


सबैलाई त’नावमुक्त दिन डान्स तालिम दिएको भन्दै आलियाले माधुरीको प्रशंसा गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा एक स्टाटस लेख्दै उनको काममो तारिफ गरेकी हुन् ।

उनले लेखेकी छिन् – ‘डान्स विथ माधुरी एउटा राम्रो पहल गरिएको छ, घरभित्रै रहँदाको यस समयमा तपाईंले नृत्य पोख्त व्यक्तिबाट नृत्य सिक्ने यो राम्रो अवसर पाउनुभएको छ । ‘माधुरीले अप्रिल १ देखि ३० सम्म हुने उक्त कक्षामा निशुल्क डान्स सिकाएकीछिन् । माधुरीले डान्स विथ माधुरी’ अभियानमार्फत सातामा दुईपटक भर्चुअली नृत्य प्रशिक्षण कक्षा सञ्चालन गरेकी हुन् ।

प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार ०६:५५