यी हुन् विदेशमा कोरोनाकै कारण ज्यान गुमाउने १४ नेपालीहरू…

काठमाडौं : विश्वव्यापी म’हामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको आँकडा अनुसार वेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको वताएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ६ सय ६१ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट सं’क्रमित भएका छन् ।

बेलायतमा सबैभन्दा बढी ८ नेपालीको मृ’त्यु भएको छ । यसरी मृ’त्यु हुनेमा चितवनका ४० वर्षीय प्रशान्त अर्याल, पर्वतका ५९ वर्षीय चेतप्रसाद गुरुङ, सोलुखुम्बुका ५८ वर्षीय शिव श्रेष्ठ, पर्वतका ५६ वर्षीय भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङ र ६६ वर्षीय लिलाबहादुर राई को मृ’त्यु भएको हो । पारिवारीक भेटघाटका लागि बेलायत आएका अर्का ७५ कर्ण बहादुर क्षेत्रीको गत बुधवार मु’त्यु भएको छ । यस्तै एम बहादुर मल्लको ८६ वर्षको उमेरमा शनिवार बिहान ज्यान गएको छ ।

त्यस्तै, कोरोना सं’क्रमणका कारण अमेरिकामा ५ नेपालीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा पाँचथर घर भएका ५० वर्षीय अनिल लिम्बु, सोलुखुम्बुका ४३ वर्षीय ङिमा तेम्बा शर्पा र मुस्ताङका ४८ वर्षीय थोंग्वेन विष्ट रहेका छन् । ४० वर्षीय सोनाम लामाको कोरोनाका कारण मृ’त्यु भए–नभएको पुष्टी भएको छैन ।

उनलाई उपचारपछि अस्पतालले घरमै बसेर आराम गर्न भनेकाले कोरोना पुष्टी नभएको हो । कोरोनाका कारण मृ’त्यु भएको भनिएका अर्का नेपाली अजयमान छोचुको भने हृदयघातका कारण मृ’त्यु भएको हो । उनी उपचाररत अस्पतालले अजयमानको कोरोना सं’क्रमण रि’पोर्ट नेगेटिभ रहेको जनाकारी दिएको छ ।

कोरोना सं’क्रमणबाट संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिलाको मृ’त्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीकी ४० वर्षीया बिनु पराजुलीको सं’क्रमणका कारण मृ’त्यु भएको युएईस्थित नेपाली दूतावासले जानकारी दियो ।

प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार १२:४२