धेरै हाँस्नुहोस ,धेरै बाँच्नुहोस

समाजशास्त्री डा. मिना उप्रेती खुसी हुन प्रकृतिमा रमाउँछिन्। प्राकृतिक वातावरण तथा बगैंचाको फूल देख्दा उप्रेतीको मन प्रफुल्लित हुन्छ र उनी हाँस्छिन्। आफूलाई मन परेका किताब पढेर तथा संगीत सुनेर आनन्द लिई हाँस्न सक्छिन्, उनी। ‘सकारात्मक सन्देश दिने किसिमका पुस्तक पढ्दा खुसी हुन्छु’, डा. उप्रेतीले भनिन्, ‘शान्त वातावरणमा सुतेर सुमधुर गीत सुनेर आनन्द लिन्छु। मन खुसी हुन्छ र हाँस्छु।’

व्यक्ति रमाउने तथा हाँस्ने आ–आफ्नै किसिमको प्रकृति हुन्छ। मनोविद् गोपाल ढकाल मानसिक समस्यामा परेर परामर्शका लागि आफूकहाँ पुगेका व्यक्तिलाई परामर्श दिन पाउँदा खुसी हुन्छन्। ‘मा’नसिक समस्यामा परेका व्यक्ति सामान्य दैनिकीमा फर्कँदा आनन्द लाग्छ, खुसी हुन्छु,’ ढकालले भने, ‘ममा हाँसो पैदा हुन्छ।’ त्यसो त ढकाल प्राकृतिक वातावरणलगायतमा रमाएर पनि खुसी हुन्छन्।

उप्रेती र ढकाल मात्रै हैन, जो पनि व्यक्ति स्वस्थ हुन सबैलाई हाँसो आवश्यक हुन्छ। हाँस्नुपर्छ। हाँसो, ड’र, चि’न्ता मनको उपज हो। मन प्रफुल्लित हुँदा व्यक्ति हाँस्छ। खुसीको अभिव्यक्ति हो हाँसो। जुन शारीरिकरुपमा व्यक्त हुन्छ। सफलता आदिमा व्यक्ति हाँस्छ। मनोचिकित्सकका अनुसार हाँसोले शारीरिक अं’गमा सकारात्मक सन्देश प्र’वाह हुन्छ। प्रफुल्लितरुपमा खित्का छोडेर हाँस्नाले शरीरका मृ’त कोषिका पुनर्जीवित हुन्छन्। हाँसोले व्यक्तिको आयु लम्बिन सहयोग गर्छ।

मस्तिष्कको संयन्त्र
प्राकृतिक तथा स्वाभाविक हाँसो लाभदायक हुने मनोचिकित्सक डा. विश्वबन्धु शर्मा बताउँछन्। डा. शर्माका अनुसार व्यक्तिलाई प्र’भावित पार्न तथा स’म्बन्ध विस्तार गर्न लाभदायक हुने भए पनि कृ’त्रिम हाँसो व्यक्तिको शरीरलाई वास्तविकरुपमा भने लाभदायक हुन्न। मुस्कान र हाँसो फरक भएकाले स्वास्थ्यलाभका लागि खुलेर स्वतस्फूर्तरुपमा हाँस्नुपर्ने हुन्छ।

व्यक्तिको मन र विचारको उपज हो, मनोविज्ञान। मनोविज्ञानलाई ब्रेन एण्ड विहेवियरसमेत भनिन्छ। सोच्न र महसुस गर्न सक्नु मस्तिष्कको सबैभन्दा ठूलो काम हो। मनोचिकित्सकका अनुसार शरीरमा हाँसो र रु’वाइको संयन्त्र हुन्छ। भावनात्मक परिवर्तनको आधारमा मस्तिष्कको रासायनिक परिवर्तनका कारण व्यक्ति हाँस्न र रु’न सक्छ। भावनाको नियन्त्रण, परिवर्तन तथा निर्देशन मस्तिष्कको मध्यभागमा रहेको लिम्बिक सिस्टमले गर्ने मनोविद् ढकाल बताउँछन्।

हाँसोमा हा’र्मोनको प्रवाह
हाँस्दा शरीरमा अक्सिटोसिन हा’र्मोनको प्र’वाह हुने मनोचिकित्सक बताउँछन्। मनोचिकित्सकका अनुसार डोपामिन, सेरोटोनिन, अक्सिटोसिन, इन्डोर्फिनजस्ता हार्मोनको सक्रियता हुँदा व्यक्ति खुसी भई हाँस्छ। व्यक्ति खुसी भएको मस्तिष्कले बुझ्ने भएकाले व्यक्ति हाँस्छ। व्यक्तिको मनलाई हा’र्मोनले प्रभाव पारेको हुन्छ। ‘व्यक्ति हाँस्दा खुसी दिने अक्सिटोसिन हा’र्मोनको सक्रियता हुन्छ,’ ढकालले भने, ‘व्यक्ति खुसी हुँदा मस्तिष्कले थाहा पाउँछ र स्वचालितरुपमा खुसीका हार्मोनको निष्कासनमा वृद्धि गर्छ।’ व्यक्तिले सफलता प्राप्त गर्दा सकारात्मक सोच्दा खुसीका हा’र्मोनको सक्रियता भई प्रफुल्लित भएर हाँस्छ। मस्तिष्कको सेन्टरबाट हाँसो आएपछि बाहिर व्यक्त हुने मनोचिकित्सक डा. शर्माले बताए

इन्डोर्फिनजस्ता हा’र्मोनको सक्रियता हुँदा व्यक्ति खुसी भई हाँस्छ। व्यक्ति खुसी भएको मस्तिष्कले बुझ्ने भएकाले व्यक्ति हाँस्छ।

‘आनन्द मनको संकेत हो। व्यक्ति आनन्दित भएपछि मन रमाउँछ,’ डा. शर्माले भने, ‘मन रमाएपछि खाना रुच्नुका साथै मस्त निद्रा लाग्छ।’

फाइदै फाइदा
व्यक्ति स्वस्थ भएको अवस्थामा छालामा सकारात्मक प्रभाव पर्ने चिकित्सक बताउँछन्। एस्ठेभा स्किन क्लिनिककी छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीका अनुसार व्यक्ति खुसी हुँदा शरीरमा ‘सेरोटोनिन’जस्तो खुसी दिने हा’र्मोनको निष्कासनमा वृद्धि हुन्छ। जसले छालाका रक्त कोषिका खुल्दा सिंगो श’रीर र छालामा राम्रोसँग र’क्त प्रवाह हुन्छ। सहजरुपमा र’क्तप्रवाह हुँदा शरीरमा भएको वि’कारतŒव शरीर बाहिर जान्छ र छालामा पोषण तत्वको मात्रा पुगी छाला स्वस्थ हुनुको साथै छालामा निखार आउँछ। व्यक्ति त’नाव भएको अवस्थामा भने कर्टिशोलजस्तो त’नाव (स्ट्रे’स) हा’र्मोनको उ’त्पादनमा वृद्धि हुँदा छालामा नकारात्मक अ’सर पर्ने डा. ज्ञवालीले बताइन्। ज्ञवालीले भनिन्, ‘शरीरमा त’नाव हा’र्मोनको उत्पानमा वृद्धि हुँदा चायाँ, डण्डीफोरजस्तो छालासम्बन्धी समस्या बढ्छ।’

नहाँस्ने व्यक्तिको तुलनामा हाँस्ने व्यक्ति बढी बाँच्ने चिकित्सक बताउँछन्।

त्यसो त गर्भवती महिलाको हाँसो र तनावले गर्भमा रहेको बच्चामा समेत प्र’भाव पार्ने मनोचिकित्सक बताउँछन्। गर्भवती महिला हाँसेको तथा खुसी रहेको अवस्थामा त्यस्ता महिलाबाट जन्मने बच्चा पनि पनि खुसी रहन सक्ने ढकाल बताउँछन्। तर गर्भवती भएको अवस्थामा आमा नि’राश हुँदा बच्चामा समेत न’कारात्मक अ’सर पर्न सक्छ। बच्चा हुर्काउने क्रममा समेत घरपरिवारमा म’नमुटाव हुनुहुन्न। खुसी परिवारमा हुर्किएको बच्चाले खुसी हुन सिक्ने मनोचिकित्सक बताउँछन्।

हावापानी तथा वातावरण र खानपानले पनि व्यक्तिको हाँसोमा प्र’भाव पार्न सक्छ। रुखबिरुवाको पात झरेर उ’जाड भएको मौसममा व्यक्ति दुः’खी हुनसक्छ भने फूल फुलेको तथा हराभरा वातावरण देख्दा व्यक्तिको मन प्रफुल्लित भई शरीरमा स्वचालितरुपमा खुसीका हा’र्मोनको निष्कासन भई व्यक्तिलाई हाँस्न त सहयोग पु-याई त’नावसमेत कम हुने ढकालले बताए। त्यसैले मानसिक समस्या हुनबाट बच्नसमेत हरियाली तथा सुन्दर वातावरणको दृश्यावलोकन गर्नु उचित हुने उनको तर्क छ।

हाँस्नाले पाको उमेरका व्यक्तिमा अ’ल्जाइमर्सजस्तो समस्याबाट बच्नसमेत सकिन्छ। अध्ययनअनुसार हाँसोले हृ’दयाघातको जो’खिमसमेत कम हुने चिकित्सक बताउँछन्। दैनिक तौल घटाउनसमेत हाँसोे उपयोगी हुनुका साथै यसले व्यक्तिको बौद्धिक क्षमता तीक्ष्ण हुन बनाउन पुग्छ।

नहाँस्ने व्यक्तिको तुलनामा हाँस्ने व्यक्ति बढी बाँच्ने चिकित्सक बताउँछन्। हाँस्नाले अक्सिजनको मात्रा शरीरमा पुग्छ। हाँसोले आत्मसन्तोष हुनुका साथै मनमा उत्साह पैदा हुन्छ। हाँसोका कारणले मां’शपेशीको चाउरिपना कम हुन सहयोग गर्छ। यसले व्यक्तिमा पी’डा त कम हुन्छ नै मस्तिष्कको व्यायाम पनि हुन्छ।

हाँसोलाई प्र’भाव पार्ने तत्व


हाँसोलाई स्वभावले पनि प्रभाव पारेको हुन्छ। व्यक्ति हाँस्नका लागि जोक्स सुन्ने, कमेडी किसिमका फिल्म हेर्ने, हाँसो क्लबमा जान सकिन्छ। त्यसैगरी सकारात्मक कुरा गर्ने तथा कमेडी व्यक्तिसँग कुरा गर्नाले पनि हाँसो उत्पन्न भई व्यक्ति स्वस्थ हुने मनोचिकित्सक बताउँछन्। दैनिक दस मिनेट हाँस्नाले व्यक्ति स्वस्थ रहन सहयोग पुग्ने ढकालको सुझाव छ।

हाँसोलाई प्रभाव पार्ने विभिन्न किसिमका तत्व हुन्छन्। समाजशास्त्री डा. उप्रेतीका अनुसार सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिको तुलनामा गाउँघरमा बसोबास गर्ने व्यक्तिको स्थायी छिमेकी, स्थायी किसिमका साथीभाइ हुने भएकाले गाउँघरमा भेटघाट हुँदा पनि प्राकृतिक किसिमको हाँसो उत्पन्न हुन्छ। तर सहरीक्षेत्रमा बसोबास गर्ने व्यक्ति भने तुलनात्मकरुपमा देखावटी र कृ’त्रिम किसिमले हाँस्ने डा. उप्रेतीको बुझाइ छ। त्यसो त डा. शर्मा पनि सामाजिक ब’न्धन नभएका ठाउँका व्यक्तिमा उन्मुक्त हाँसो हुन्छ। तर ब’न्धनमा परेको समाजमा स्वतस्फूर्त हाँसो हुन्न। सहर बजारमा काम तथा जिम्मेवारीकै कारण व्यक्ति त’नावमा हुने भए पनि गाउँघरमा भने तुलनात्मकरुपमा व्यक्ति सानो–सानो सफलतामा समेत खुसी हुन सक्ने मनोचिकित्सक बताउँछन्।

धेरै हाँस्नु रोगको लक्षण
विनाकारण अनावश्यक रुपमा हाँसिरहनु भने मानसिक रोगको सं’केत भएको मनोचिकित्सक बताउँछन्। मे’निया भएको अवस्थामा विनाकारण व्यक्ति अनावश्यकरुपमा हाँस्ने मनोविद् ढकालले बताए। मेनिया भएकोे व्यक्ति दुः’खद् घ’टनामा समेत चिन्तित हुँदैन। डि’प्रेसनको उ’ल्टोरुप मे’निया हो। मनोचिकित्सकका अनुसार डि’प्रेसन भएको अवस्थामा व्यक्ति नि’रास हुन्छ। मे’निया क’डा हुँदै जाँदा व्यक्ति उ’त्तेजित हुने, आ’वेगमा पुग्ने, घ’मण्डीपना देखिनेजस्ता समस्या हुन्छन्। यो आत्मबल बढ्ने किसिमको समस्या भएकाले व्यक्तिले कुनै नदी, भीरजस्ता जो’खिमयुक्त ठाउँमा हाम फाल्ने जो’खिम हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्।

हाँसोको फाइदा हुने भएकैले विश्वमा हाँसो थेरापीसमेत प्रचलनमा रहेको छ। हाँसोले थेरापीकै काम गर्छ। हाँसो थेरापी त’नाव कम गर्ने विभिन्न उपायमध्ये एक हो। यस्तो थेरापी गर्नाले खुसीका हा’र्मोनको निष्कासन हुने भएकाले हाँसो थेरापी तनाव कम गर्ने एक उपयुक्त विधि भएको मनोचिकित्सक बताउँछन्।    उपेन्द्र खड्का

प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार १२:०५