अस्ट्रेलियामा कोरोनालाई जितेर काममा फर्किएकी यी नेपाली नर्सको अनुभव ( पढ्नुहोस )

अस्ट्रेलियामा कोरोना भा’इरस पराजित गरेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् । कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले कुराकानीमा भनिन्

अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो राम्रो हेरचाह गर्नुभयो र नेपालबाट मेरा आमा बुवा तथा साथीहरुले मलाई निरन्तर स’म्पर्क गरेर मनोबल उकास्नु भयो । म सबैप्रति आभारी छु । भिक्टोरिया राज्यको नर्दन अस्पताल इपिंगका रजिस्टर्ड नर्सका रुपमा कार्यरत सञ्जिता सपरिवार मार्च २२मा अमेरिकाको न्यूयोर्कबाट मेलबर्न आइपुगेकी थिइन् ।

चौबिस घण्टाको हवाई यात्रा गरी मेलबर्न आइपुगेकी उनलाई भोलिपल्ट मार्च २३ मा केही अप्ठेरो महसुस भयो । उनको सपरिवारले स्वास्थ्य परीक्षण गराए । मार्च २६ मा परिवारका अरु सबै सदस्यको स्वास्थ्य परीक्षणको रिपोर्ट आयो, तर उनको आएन । सञ्जिताले भनिन्, ‘मेरो परिवारका सदस्यहरुको रिपोर्टमा कोभिड १९ को सं’क्रमण थिएन ।

तर मेरो रि’पोर्ट भने ढिलो भयो, मनमा चिसो पस्यो । उनले थपिन् ‘तर मलाई पछि स्वास्थ्य बिभाग र अस्पतालबाट स’म्पर्क गरेर कोभिड १९ को सं’क्रमण भएको जानकारी दिइयो । तर, नआत्तिन र परिवारबाट आइसोलेसनमा रहन भनियो ।’ स्वास्थ्य बिभागले अप्ठेरो भएमा आइसोलेसनको व्यवस्थापन सरकारले गरिदिने बताए पनि आफ्नो घरमा पर्याप्त स्थान भएकाले उनले घरमै आइसोलेसनमा बस्ने निर्णय गरिन् ।

पुनः जाँच गर्दा पहिलो पटक सं’क्रमण अन्त्य नभएको देखिएको, तर पछिल्लो दुई पटक सं’क्रमण नदेखिएको उनले बताइन् । म अब कोरोना भा’इरसबाट पूर्ण मुक्त भएँ,’ उनले भनिन्,

आफैं पनि स्वास्थ्यकर्मी भएकाले श्रीमान् र छोरीहरुलाई मनोबैज्ञानिक असर नपरोस् भनेर उनी सजग पनि थिइन् । स्वास्थ्य बिभाग, आफूलाई हेर्ने चिकित्सक र काम गरिरहेको अस्पतालबाट दैनिक धेरै पटक टेलिफोनमा स’म्पर्क गरिएको र त्यसले आफूलाई मनोबैज्ञानिक रुपमा निकै सहयोग पनि भएको पनि उनले बताइन् ।

आइसोलेसनमा बस्दा खानपिनलाई निकै ध्यान दिएको बेसार र कागती मिसाएको तातो पानी पर्याप्त पिएको र योगा लगायत शारीरिक ब्यायाम गरेको पनि उनले बताइन् । मलाई सातौं र आठौं दिनमा अलि अप्ठेरो हुनसक्ने सुझाव दिइएको थियो ।

त्यस्तै पनि भयो, तर धैर्यतापूर्वक अप्ठेरोलाई पचाएँ,’ उनले भनिन् ।कोरोना भा’इरसबारे सरकारले जारी गरेका सूचना र नीतिहरुमा आफू निरन्तर अपडेट भएर आइसोलेसनमा बिताएको उनले जानकारी दिइन् ।आइसोलेसनको समय सकिन लाग्दा आफू काममा फर्किनुपर्ने स्वास्थ्यकर्मी भएकाले पटक पटक स्वाब लिएर जाँच गरिएको बताइन् ।

पुनः जाँच गर्दा पहिलो पटक सं’क्रमण अन्त्य नभएको देखिएको, तर पछिल्लो दुई पटक सं’क्रमण नदेखिएको उनले बताइन् । म अब कोरोना भा’इरसबाट पूर्ण मुक्त भएँ,’ उनले भनिन्, ‘अहिले त म काममा पनि फर्किसकेकी छु । उनले ‘म स्वास्थ्य क्षेत्रको कामदार हुँ, घरमा बस्न सक्दिनँ भन्ने फ्रेम आफ्नो सामाजिक सन्जाल फेसबुकमा राखेकी छन् । यो समाचार अनलाईन खबर मा छ ।

प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार ०७:१३