तीन दिनको मौसमको अवस्था यस्तो छ आज मेघगर्जन, चट्यांङ, हावाहुरी र असिनापानीको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देखि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव महाशाखाले बताएको छ।

हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । २४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तीन दिनको मौसमको अवस्था यस्तो छ

बैशाख ४ गते (बिहीबार)

दिउँसो- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसो- देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार ०५:२६