विश्वकै सबैभन्दा सुन्दर बालिकालाई कोरोना सं’क्रमित नभएको पुष्टि

एजेन्सी ।इरानमा जन्मिएकी चार वर्षीया अनाहिता हशमजादेहलाई विश्वकै सबैभन्दा सुन्दर बालिकाको रुपमा चिनिन्छ । जेनेवरी १०, २०१६ मा जन्मिएकी अनाहिताकी आमा मरियमले सन् २०१८ मा इन्स्टाग्राममा उनको पहिलो तस्बिर शेयर गरेकी थिइन् । त्यसपछि नै अनाहिताका तस्बिरहरु एकपछि अर्को गर्दै भाइरल हुन थालेका थिए ।

उनको अफिसियल एकान्टमा ८ लाख ८७ हजारभन्दा बढी फलोअरहरु छन् । सोशल मिडियामा भ्रम सृजना गर्ने फेकर्सहरुले यी बालिकालाई समेत छोडेनन् र उनलाई कोरोना भा’इरसको शि’कार भएको अ’फवाह फैलाए ।

आमा मरियमले जवाफ दिँदै उनको स्वास्थ्य अवस्था ठिक भएको बताइन् र उनलाई कोरोना नभएको जवाफ दिईन्

उक्त अ’फवाह भा‘इरल हुने बित्तिकै अनाहिताको इन्स्टाग्राम एकाउन्टमा उनका प्रशंसकहरु चिन्तित हुँदै उनको स्वास्थ लाभको कामना गर्न थाले ।

यस्तैमा एक जना प्रशंसकले सोधेको प्रश्नमै उनकी आमा मरियमले जवाफ दिँदै उनको स्वास्थ्य अवस्था ठिक भएको बताइन् र उनलाई कोरोना नभएको जवाफ दिईन् र ती बालिकाको एउटा तस्बिर पनि सार्वजनिक गर्दै उनी स्वस्थ र सुरक्षित रहेको बताइन् । इन्स्टाग्राममा उनको नामबाट थुप्रै एकाउन्टहरु खुल्ने गरेको छ ।

प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार १४:१४