भारतमा थप १९ दिनका लागि लकडाउन घोषणा

नयाँ दिल्ली– भारतले कोरोना संक्रमणको जो’खिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको ल’डाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताए ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताए ।

‘लकडाउनबाट देशलाई धेरै फाइदा मिलेको छ । मात्र आर्थिक कोषबाट हेर्दा यो धेरै महङ्गो बनेको छ,’ मोदीले भने, ‘भारतबासीको जिन्दगीको अगाडि यसको कुनै तुलना हुन सक्दैन ।’

भारतले देशमा करिब ५०० को हाराहारीमा कोरोना सं’क्रमित भेटिएपछि २५ मार्चदेखि लागू हुनेगरी २१ दिनका लागि लकडाउन घोषणा गरेको थियो ।

हाल भारतमा कोरोना भा’इरस सं’क्रमितको संख्या १० हजार ४५३ पुगेको छ । यस्तै करिब ३ सय ५८ को हाराहारीमा कोरोना सं’क्रमितको मृ’त्यु भएको छ भने १ हजार १९३ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०५:३०