हुम्लामा सिजनल फ्लुका कारण पाँच जनाको मृ’त्यु

शनिबार, ११ माघ २०७६ गते

हुम्ला – हुम्ला जिल्लामा सिजनल फ्लुका कारण पाँच जनाको मृ’त्यु भएको छ। मासिधारा गाउँमा सिजनल फ्लुका कारण उनीहरुको ज्या’न गएको हो। मृ’त्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाह, ५० वर्षीय जनुकला शाही, ६५ वर्षका दतिराम सार्की, ६० वर्षकी गोरी सार्की र ६० वर्षकी प्याउरी शाही रहेका छन् ।

चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले गाउँमा रुघाखोकीका बि’रामी बढेको बताए । ‘अहिले सिजनल फ्लु’का बिरामी निकै आउने गरेका छन्,’ उनले भने, ‘बृद्धबृद्धाहरुलाई यसले निकै असर गरेको छ ।’

ज्व’रो र रुघा’खोकीका बि’रामीले गाउँ भरिएको चंखेली गाउँपालिका–६ मासिधाराका नरबहादुर शाहीले बताए । ‘मासिधारा गाउँमा रुघाखोकी र ज्व’रोका बि’रामी नभएको घर छैन,’ उनले भने, ‘यहाँ गाउँका चिसोका कारणले ५ जनाको मृ’त्यु भइसकेको छ ।’

गत २६ पुसदेखि १० माघसम्म रु’घाखोकी र ज्व’रोका कारण मासिधारामा पाँच जनाको मृ’त्यु भएको हो ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १०:४४