रौतहटमा एक युवकमा पनि देखियो कोरोना सं’क्रमण

१ वैशाख, काठमाडौं । रौतहटका एक युवकमा कोरोना भा’इरस (कोभिड-१९)को सं’क्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना सं’क्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।
१३ औं केसको रुपमा कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो भने रौतहटका युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना सं’क्रमण देखिएकी कैलालीकी ६५ वर्षीया महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्नो घर आइपुगेकी थिइन् ।

पछिल्लो पटक कैलाली र रौतहटमा थप २ जनामा कोरोना सं’क्रमण देखिएसँगै नेपालमा कोरोना सं’क्रमितको संख्या १४ पुगेको हो । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित मिति १ बैशाख २०७७, सोमबार १०:५३