लकडाउनमा ता’स खेलेर समय बिताउदै कंगना

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत लकडाउनका बेला ता’स खेलेर समय बिताइरहेकी छिन् । यतिबेला मनालीमा आफ्नो समय बिताइरहेकी कंगना भारतमा लकडाउन घोषणा गर्नुअघि नै मनाली पुगेकी थिइन् ।

उनी आफ्नो परिवारका साथ मनालीमा रमाइरहेकी छिन् । हालै कंगनाको टिमले मनालीबाट एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा कंगनालाई परिवारका साथ ता’स खेलिरहेको देख्न सकिन्छ । फ्यानले कंगनाको तस्वीरमा कमेन्ट गरेका छन् ।

लकडाउनअघि कंगना ‘थलाइवी’ नामक फिल्मको शूटिङमा व्यस्त थिइन् । साथै उनले ‘तेजस’ नामक फिल्ममा पनि काम गरिरहेकी छिन् । तर यतिबेला मनालीमा आफ्नो समय बिताइरहेकी कंगना भारतमा लकडाउन घोषणा गर्नुअघि नै मनाली पुगेकी थिइन् ।

प्रकाशित मिति १ बैशाख २०७७, सोमबार १०:४८