आज नयाँ वर्षलाई स्वागत गर्दै बजाउनुस् राष्ट्रिय गान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् ।

आजबाट नयाँ वर्ष २०७७ साल सुरु भएको छ । लकडाउनका कारण मानिसहरु घरभित्रै रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन अपिल गरेका हुन् ।

नयाँ वर्षको दिन बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीले अपिल गरेका हुन् । सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ भनेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”

ग्लोबल कम्प्याक्ट नेपालले ‘अहिले देशमा कोभिड-१९ को सं’कट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ।

यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्र गानको समाप्ति पछि करताल ध्वनिले एकेबद्दता स्वरूप आ-आफ्नो घरको छत तथा बरन्डामा उभिएर तालि बजाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति १ बैशाख २०७७, सोमबार ००:४७