पोखरामा बला’त्कारको झुठा आरोप लगाउँने युवती नै जेल परिन्

स्याङ्जा घर भई पोखरा बस्दै आएकी एक युवतीले आफूमाथि बला’त्कार भएको भन्दै कास्की प्रहरीमा जा’हेरी गरिन् । उनले दिएको जब’रजस्ती क’रणी र चोरीको जा’हेरीका आधारमा प्रहरीले युवकलाई प’क्राउ ग¥यो । सरकारी वकिलको कार्यालयले जब’रजस्ती क’रणी र चोरी स’म्बन्धी मु’द्दा चलायो। तर युवतीले भनेजस्तो आ’रोप प्रमाणित भएन ।

न्यायाधीश काजीबहादुर राईले झुठो आ’रोप लगाएको अ’भियोगमा युवतीलाई नै १ महिना जे’ल स’जाय तोकेर फैसला गरे । देवी ‘अदालतमा उल्लिखित परिवर्तित नाम’ नामकी ती युवती यही चैत ५ गते कास्की कारागार चलान भएकी थिइन्। यसबीचमै कोरोना भाइरसको संत्रास फैलियो। सर्वाेच्च अदालतले १ वर्षभन्दा कम स’जाय तोकिएका
र अरु रीत पुग्ने ब’न्दीले पैसा तिरेर कैद किन्न पाउने निर्णय चैत ७ गते र्गयो। देवीलाई उक्त निर्णय वरदान भयो।

५ गते जेल परेकी उनले निवेदन दिइन्, जेल भुक्तान हुन बाँकी २५ दिनको दिनका ३०० का दरले ७ हजार ५ सय रुपैयाँ बुझाइन् र १० चैतमा मुक्त भइन्। सरकारले ११ गतेबाट देशभर लकडाउन घोषणा गरेपछि सबैजना घरघरमै ब’न्दी हुन बा’ध्य भए।

त्यसको अघिल्लो दिनसम्ममात्र ‘देवी’ साँच्चीकै कारागारको ब’न्दी थिइन्। फौ’जदारी कार्य्विधि संहिता २०७४ को दफा १५५ मा कैद बापत रकम तिर्न सकिने व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रक्रिया पुग्ने बन्दी रिहा गर्न सकिने निर्णय सर्वाेच्च अदालतको पूर्ण इजलासले गरेको थियो। उक्त दफामा भनिएको छ

कुनै क’सूरमा पहिलोपटक क’सूरदार ठ’हरी एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मु’द्दामा क’सूरदारको उमेर, क’सूरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिए तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा पुग्ने समेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यस बापत रकम लिई कै’दबाट छाडिदिन उपयुक्त ठहर्याएमा कैद बापतको रकम तिरी कै’द बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ।

सोही कानुन व्यवस्थाअनुसार देवीले निवेदन दिएपछि कास्की जिल्ला अदालतका न्यायाधीशले १० चैतमा उनलाई जेलमुक्त आदेश गरेका थिए। देवी जसरी नै कै’द वापतको रकम तिरेर जेलमुक्त हुनेहरुको संख्या शुक्रबारसम्म कास्कीमा १२ जना पुगेको छ।

फौजदारी कार्य्विधि संहिताको दफा १५५ को व्यवस्था अनुसार निवेदन दिन सक्ने कै’दी कास्कीमा १६ जना थिए। त्यसमध्ये ३ जनाको निवेदन भने न्यायाधीशबाट अस्वीकृत भएको र १ जनाले भने निवेदन दिनै बाँकी रहेको कास्की कारागार प्रमुख जेलर गणेश गौतमले जानकारी दिए। अन्नपूर्ण पोस्ट बाट ।

प्रकाशित मिति ३० चैत्र २०७६, आईतवार ०६:२५