बो’क्सीको आ’रोपमा बुहारीमाथि ब’ञ्चरो प्र’हार

रुपन्देही- कञ्चन गाउँपालिकामा बो’क्सीको आ’रोपमा ससुराले आफ्नै बुहारीमाथि ब’ञ्चरो प्र’हार गरेका छन् ।

कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्र’हार गरी घा’इते बनाएका हुन् ।

घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको ब’ञ्चराबाट ग’म्भीर घा’इते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

लीलाको टाउकोमा ग’हिरो चो’ट लागेका कारण स्वास्थ्यावस्था ग’म्भीर रहेको बताइएको छ ।

लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई ब’न्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नि’यन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए । पौडेलले बुहारीमाथि पटकपटक दु’व्र्यवहार गर्दै आएको छिमेकी बताउँछन् ।

“लीलाका श्रीमान्(छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई ब’ञ्चरोले हि’र्काएछन् । हामीले थाहा पाएर जाँदा उनी र’गताम्य भएर भुइँमा ढ’लेकी थिइन् ।

घ’टनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवावि’रुद्ध ज्यान मा’र्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मु’द्दा दा’यर गरेको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । “पारिवारिक बेमेलका कारण घ’टना भएको देखिन्छ, हामी अनु’सन्धान गर्दैछौँ”, उनले भने ।

प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार १२:३९