फिल्म टाइटनिक सँग जोडिएका रोचक तथ्यहरु

माघ ११ samacharbatika
प्रत्येक दिन हलिउडमा एउटा न एउटा नयाँ फिल्महरु सार्वजनिक भइरहेका हुन्छन् । फिल्म जति नै रिलिज भए पनि कुनै फिल्महरु मात्र ऐतिहासिक हुन्छन् जुन सबै वर्गका तथा सबै पक्षका मानिसहरुले सदावहार मन पराउछन । तिनै मध्येको त्यो एक ऐतिहासिक सदाबाहर फिल्म हो ‘टाइटनिक’ ।

यो फिल्म टाईटनिक एउटा वास्तविक घटनामा आधरीत फिल्म हो । आजभन्दा एक शताब्दी अर्थात १०० बर्ष अगाडी १९१२ अप्रिल १५ मा संसारकै सबैभन्दा विशाल/ठूलो जहाज आरएसएस टाइटनिक आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा डुबेको थियो । त्यस घटनामा करिब १५ सय मानिसहरुले ज्या’न गु’माएक थिए ।

उक्त घट’नामाथि हजारौं फिल्म र डकुमेन्ट्रीहरु बने तापनी हलिउड निर्देशक जेम्स क्यामरुनले बनाएको फिल्म टाइटनिक आजसम्म पनि विश्वकै सर्वाधिक मन पराइएको फिल्म मानिन्छ ।

लियोनार्दो डि क्याप्रियो र क्याट विन्सलेट अभिनित उक्त फिल्म १ नोभेम्बर १९९७ मा बनेको हो । फिल्म बनाउन कूल लागत १२५० करोड अमेरिकी डलर लागेको थियो । तर त्यसले १४ हजार करोडभन्दा अधिक कमाई गरेको थियो । यसरी एघार गुणा बढी कमाइ गरेको यो फिल्म कमाईका लागि मात्र नभएर यसले प्राप्त गरेको अवार्डका लागि पनि उच्च स्थानमा छ ।

यस फिल्मका लागि रिल सर्वाधिक प्रयोग भएको थियो । पर्दामा फिल्मलाई जुन महासागरमा देखाइएको थियो, वास्तवमा त्यो एउटा तीन फीट गहिरो स्वीमिङ पुल थियो । फिल्म १४ विधामा ओस्कार अवार्डका लागि चुनिएको थियो । जसमा ११ विधामा यसले अवार्ड प्राप्त गरेको थियो ।यस फिल्मको नाम टाइटनिक राख्न अघि ‘प्लानेट आइस’ राख्न लागिएको थियो ।

फिल्ममा पानीको सिनमा अभिनेत्री केटलाई चिसो कपडा लगाउनु पर्ने थियो । जसका कारणले उनी निमोनियाबाट ग्रसित भएकी थिइन् । फिल्म टाइटनिकको लागत वास्तविक जहाजको भन्दा धेरै गुणा ज्यादा थियो ।

फिल्ममा मर्ने रियल लाइफ कपलको नाम इसिडार र इडा स्ट्रास थियो । इडाले बाँच्ने मौका पाएकी थिइन् तर उसले इसिडारलाई छोड्नभन्दा म’र्न नै मन पराइन् । एजेन्सी

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०६:४५