रौतहटमा वन सुरक्षा टोली र त’स्कर समूहबीच गो’ली हा’नाहान

गुजरा– रौतहटको गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वन सुरक्षा ग’स्तीटोली र त’स्कर समूहबीच आइतबार साँझ दोहरो गो’ली हा’नाहान भएको छ ।

गो’ली ह’नाहानमा गस्तीटोलीले तीन रा’उण्ड र त’स्करले दुई रा’उण्ड गो’ली प्र’हार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गो’ली हा’नाहानमा सुरक्षाटोलीतर्फ कुनै क्ष’ति नभएको र त’स्कर समूह भागेकाले क्ष’ति भए/नभएको यकिन हुन सकेको छैन् ।

गो’ली हा’नाहानमा सुरक्षाटोलीतर्फ कुनै क्ष’ति नभएको र त’स्कर समूह भागेकाले क्ष’ति भए/नभएको यकिन हुन सकेको छैन् ।

सो क्रममा त’स्करले छोडेर भागेको एक थना भ’रुवा ब’न्दुक गस्ती टोलीले ब’रामद गरेको अधिकृत साहले जानकारी दिए ।

अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र त’स्कर समूहले एक रा’उण्ड गोली प्र’हार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खो’जतलासमा गएको गस्तीटोलीसँग भि’डन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताए ।

लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युफिट अ’वैध सालको काठसहित ३ जना त’स्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिए । उनीहरुमाथि आवश्यक कानुनी का’रवाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ०७:३४