कैलाली, कञ्चनपुर र बाग्लुङमा क–कसको हुनेभयो कोरोना परीक्षण ?

काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा हुने र्‍यापिड डाइग्नोस्टिक टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ ।

कैलालीमा स्थानीय सं’क्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार टोली खटाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ ।

यस्तै बागलुङमा कोराना सं’क्रमितको वासस्थान वरपर रहेका तथा स’म्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुनेछ ।

साथ चैत महिनामा आएका र उनीहरुको स’म्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए । ‘यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र कोभिड–१९ सं’क्रमणको शं’का लागेका व्यक्तिहरुको परीक्षण गरिनेछ,’ उनले भने ।

प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार ११:४३