कञ्चनपुरका कोरोना सं’क्रमित व्यक्ति अ’वैध बाटो हुँदै नेपाल प्रवेश गरेको खुलासा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना सं’क्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भा’इरस सं’क्रमित थप ३ जना फेला परेसँगै सं’क्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । सं’क्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भा’इरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै कैलालीकी ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ । ती महिला यसअघि कैलालीमा सं’क्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

चैत २ गते कञ्चनपुरको वेदकोटबाट ४१ वर्षीय ती पुरुष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।

उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइनसँग सुत्थे । उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ ।

यो पनि….
नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो
विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रा’सले गर्दा नेपाल फर्किने सोच बनाए । कोरोनाको त्रा’स फैलिएसँगै उनी चैत १३ गते अ’वैध बाटो हुँदै नेपाल आइपुगे ।

महाकाली नदीबाट ट्युब तरेर नेपाल प्रवेश
ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अ’वैधानिक रुपमा ट्युवबाट नेपाल छि’रेका पाइएको छ ।

अ’वैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले प’क्राउ गरेको थियो ।

ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अ’वैधानिक रुपमा ट्युवबाट नेपाल छि’रेका पाइएको छ ।

लगत्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसपछि
सशस्त्र प्रहरीले त्यसपछि ती पुरुषलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाइएको प्रहरीले जनाएको छ ।

सोही दिन राति १० बजे उनीसहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ । बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो ।

अ’वैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो ।

परीक्षणको क्रममा ती पुरुषमा कोरोना सं’क्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना सं’क्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।

कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको थियो । हाल उनको उपचार भइरहेको छ ।

भारतबाट आएका अन्य व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार ११:१०