भारतबाट फर्किएका दुई जनासहित कैलाली र कञ्चनपुरमा देखियो थप तीन जनामा कोरोना

भारतबाट फर्किएका दुई जनामा कोरोना भा’इरसको सं’क्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भा’इरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भा’इरस पुष्टि भएको छ।

पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, यसअघि कैलालीमा सं’क्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ। संक्रमित महिला चौथो सं’क्रमित व्यक्तिका भाउजू हुन्। सं’क्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा कोरोनाको सं’क्रमित संख्या नौ पुगेको छ।

पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार ०८:१६