कास्कीमा भेटिए सातौं कोरोना सं’क्रमित

नेपालमा कोरोनाका सातौं सं’क्रमित फेला परेका छन् । कोरोनाको छैटौं सं’क्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको सं’क्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको सं’क्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रि’पोर्ट पोजेटिभ आएको हो ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म सात जनामा कोरोना सं’क्रमण देखियो । सं’क्रमित सबै विदेशबाट आएका हुन् ।

प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार ०८:५७