यस्तो देश जहाँ कोरोना शब्द उच्चारणमै  प्र’तिबन्ध

चीन उद्गम भएर विश्वभर कोरोना भा’इरस (कोभिड–१९) फैलिएपछि विश्वका सबैजसो देशले स’तर्कता बढाएका छन् । सं’क्रमण रोक्न केही देशले लकडाउनको रोचक नियम बसालेका छन् भने केहीले कोरोना भा’इरस उच्चारणमै प्र’तिबन्ध लगाएका छन् ।

कोरोनाविरुद्ध ल’ड्न विश्वका देशले बसालेका केही रोचक थितिबारे यहाँ चर्चा गरिएको छ ।

कोरोना शब्द उच्चारणमै प्र’तिबन्ध

मध्यपूर्वको देश हो, तुर्कमेनिस्तान । छिमेकी देश इरानलाई कोरोनाले हा’यलकायल पारे पनि यो देश अहिलेसम्म कोरोनामुक्त रहेको दा’बी त्यहाँका सरकारी अधिकारीहरूले गरेका छन् ।

तर, कोरोनामुक्त भए पनि यो देशले यसविरुद्ध ल’ड्न क’ठोर अनि रोचक क’दम उठाएको छ । यतिबेला विश्वमा सबैभन्दा धेरै बोलिने शब्द ‘कोरोना’ भए पनि तुर्कमेनिस्तानले यो शब्द उच्चारणमै प्र’तिबन्ध लगाएको छ ।

तुर्कमेनिस्तानको एक सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, त्यहाँको सरकारले आफ्नो स्वास्थ्य सचेतना प्रचार सामग्रीबाटै यो शब्द ह’टाइदिएको छ ।

रेडियो अजतलाइकमा कार्यरत एक पत्रकारले बताएअनुसार, कोरोना भाइरसबारे चर्चा गर्ने व्यक्तिसँगै मास्क लगाए गि’रफ्तारीमा पर्न सक्ने चे’तावनी दिइएको छ ।

महिला–पुरुषसँगै निस्किन प्र’तिबन्ध

पानामा दक्षिण अमेरिकाको मध्य भागमा अवस्थित मुलुक हो । चीन भएर फैलिएको कोरोना यो देशका लागि पनि यतिबेला टाउको दुखाइको विषय बनेको छ । बीबीसीका अनुसार, हालसम्म यहाँका करिब १ हजार मानिसमा कोरोनाको लक्षण देखिएको छ ।

यहाँ महिला र पुरुषलाई एकैपटक किनमेलका लागि बजारमा निस्किन प्र’तिबन्ध गरिएको छ । महिलाहरू सोमबार, बुधबार र शुक्रबार मात्र किनमेलका लागि बाहिर जान पाउँछन्,

सं’क्रमण फैलिएपछि यसवि’रुद्ध ल’ड्न पानामाले पूरै देश लकडाउन गरेको छ । तर, यहाँ घोषणा गरिएको लकडाउन अन्य देशको भन्दा केही पृथक छ । नेपाललगायतका विश्वका देशमा महिला–पुरुष दुवैका हकमा लकडाउनको समान नियम छ । तर यहाँ महिला र पुरुषलाई एकैपटक किनमेलका लागि बजारमा निस्किन प्र’तिबन्ध गरिएको छ । महिलाहरू सोमबार, बुधबार र शुक्रबार मात्र किनमेलका लागि बाहिर जान पाउँछन्, त्यो पनि मात्रै २ घण्टा । पुरुषका लागि भने मंगलबार, बिहीबार र शनिबारको समय दिइएको छ ।

किनमेलका लागि साताको ३/३ दिन महिला र पुरुषका लागि छुट्याएको पानामाले आइतबार भने घरबाट बाहिर निस्कन पूर्ण प्र’तिबन्ध लगाएको छ ।

कोलम्बिया

कोलम्बियाको लडकडाउन पनि पृथक छ । यहाँ पनि लकडाउनको अवधिमा म’नमौजी घरबाहिर निस्किन पाइँदैन ।

बीबीसी हिन्दीका अनुसार, कोलम्बियाले राष्ट्रिय परिचयपत्र नम्बरको किनमेलका लागि बाहिर जान दिने अनुमति दिएको छ । जस्तो– परिचपत्रको अन्तिम नम्बर ०, ४ र ७ भएकाले सोमबार मात्रै किनमेलका लागि बजार जान सक्छन् । अन्तिम नम्बर १, ५ र ८ भएकाको किनमेल गर्ने दिन मंगलबार तोकिएको छ ।

कुकुर डुलाउने समय दिँदा सरकारको वि’रोध

लकडाउनपछि मानिसहरू उ’कुसमुकुस छन् । विभिन्न तौरतरिका अपनाएर मानिसहरूले असहजताबीच समय क’टाइरहेका छन् ।

लकडाउनको परेसानमा मानिसहरू घरभित्र सीमित भए पनि सर्बियाले भने कुकुर डुलाउने समय छु्ट्याएको छ । सर्बियाले रातको ८ बजेदेखि ९ बजेसम्म १ घण्टा कुकुर डुलाउनका लागि समय छुट्याएको हो ।

यद्यपि, यो नियमको वि’रोध भएपछि फिर्ता लिइएको छ । एक पशु चिकित्सकले कुकुरलाई घरभित्रै सीमित गर्दा रोगहरूको सं’क्रमण हुनसक्ने भन्दै घुमफिरका लागि समय दिनु उपयुक्त हुने बताएका छन् ।

स्विडेनलाई छैन सुर्ता

स्विडेनमा हालसम्म झण्डै साढे ४ हजार मानिसमा कोरोना सं’क्रमण देखिएको छ । कोरोना संक्रमणपछि स्विडेनले ५० भन्दा बढी मानिस भेला हुन प्र’तिबन्ध लगाएको छ ।

तर, स्विडेनले १६ वर्षमुनिका विद्यार्थीका लागि विद्यालय खुला गरेको छ । पब्स र रेस्टुरेन्टहरू कोरोनाको त्रा’सदीकै बीच खुला छन् । यहाँ सामाजिक गतिविधि पनि पूर्ववत् सञ्चालन भइरहेका छन् ।

कार्टुनका कारण मलेसियाले माग्नुपर्‍यो माफी


एसियाली मुलुक मलेसियामा आंशिक लकडाउन छ । एसियाकै अन्य देशहरू कोरोनावि’रुद्धको ल’डाइँ जित्न नि’र्मम ढं’गले प्रस्तुत भएका छन् । तर, मलेसिया सरकारले लकडाउनको अवधिमा उ’ल्टै जनतासँग माफी माग्नु परेको छ ।

त्यहाँको महिला मन्त्रालयद्वारा जारी गरिएको कार्टुनका कारण सरकारले माफी माग्नु परेको हो । जसमा श्रृंगार र सजावट गरे पनि श्रीमानलाई न’छुन महिलालाई सुझाइएको थियो ।

यस्तो कार्टुन महिला मन्त्रालयले सेयर गरेपछि समाजिक सञ्जालमा च’र्को वि’रोध भएको थियो । वि’रोधपछि त्यहाँको सरकारले जनतासमक्ष माफी माग्दै त्यसलाई ह’टाएको छ ।

प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार ०८:३४