चैत ४ गते कतार एयरवेजको उडान क्यूआर ६५२ बाट आएका थप १७ यात्रुको खोजी तिब्र

दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते नेपाल आएका तीन व्यक्तिमा कोरोना भा’इरस स’ङ्क्रमणको पु’ष्टि भएसँंगै प्रहरीले स’म्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले स’ङ्क्रमित तीनैजना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पु’ष्टि भइसकेकाले र त्यसमा सवार १५८ मध्ये १४० जना स’म्पर्कमा आएको बताए ।

कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ

कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ । “त्यसमा ४८ जिल्लाका नागरिकले यात्रा गरिरहेको तथ्य फेला पारिसकेका छौंँ”, उनले थपे, “सबैलाई स’म्पर्कमा आउन आग्रह गरेका छौँ । नआएकाहरूको खोजी हुँदैछ ।’’ त्यस्तै यूएईबाट एयर अरवियाको फ्लाइट जी ९५३७ विमानबाट चैत ६ गते ९मार्च १९० काठमाडौँ आएका धादिङका एक पुरुषमा कोरोना स’ङ्क्रमण पुष्टि भएपछि त्यसमा सवार १७० मध्ये १३१ जना स’म्पर्कमा आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार ०४:५६