नेपालमै पनी अनाैठाे प्रचलन जहाँ दाउराकाे भारी दिएर विवाहको प्रस्ताव गरीन्छ

विश्व मात्र होईन हाम्रो नेपालमा पनी विविध संकृति, चालचलन, रहनसहनमा निकै विविधताले भरिपूर्ण छ त्यस मध्ये आज हामीले तपाईलाई हाम्रै देश नेपालभित्रको एक ठाँउको संस्कृति सम्बन्धि कुरा गर्दै छौ। कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ।

नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोको नाउँमा एक रुपैयाँ पनि कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्।

दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्ने यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगयात सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०२:०६