अस्ट्रेलियामा कोभिड–१९ को सम्भावित खो’पको परीक्षण,आशा गरौ नतिजा सफल होस ,

काठमाडौं । अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित दुई खो’पको ल्याब परीक्षण सुरु गरेका छन् ।

अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिनो फर्माक्युटिकलले बनाएको खो’प जनावरमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको छ । अस्ट्रेलियाको नेशनल साइन्सले यो खा’पले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्नेछ । यो खो’प मानिसका लागि सुरक्षित रहे–नरहेको पनि परीक्षण हुनेछ ।

कोभिड–१९ को खोप पहिलोपटक अमेरिकामा गत महिना मानिसमा परीक्षण गरिएको थियो । तर उक्त खो’पमा जनावरमा गर्नुपर्ने पहिलो परीक्षण गरिएको थिएन ।

विश्वभर अहिले कोरोनाविरुद्धको खो’प निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ)ले भने परीक्षण जनावरको मोडलबाट सुरु गरिएकाले प्र’भावकारी हुने बताएको छ ।

कोभिड–१९ को खोप पहिलोपटक अमेरिकामा गत महिना मानिसमा परीक्षण गरिएको थियो । तर उक्त खो’पमा जनावरमा गर्नुपर्ने पहिलो परीक्षण गरिएको थिएन ।

अहिलेको अवस्थामा खो’प निर्माणको लागि देखिएको विश्वव्यापी सहकार्य अभूतपूर्व रहेको शोधकर्ताले बताएका छन् । सामान्य हिसाबमा अहिलेको अवस्थामा पुग्न एकदेखि दुई वर्षसम्म लाग्ने गरेको सीएसआईआरओका डक्टर रोब ग्रेनफेलले बताए ।

यसले कसरी काम गर्छ ?

केही दिनअघि सीएसआईआरओको टोलीले यो खो’प सानो स्तनपायी जनावर फेर्रेटमा परीक्षण गरेको थियो । यो जनवरमा पनि कोरोना भा’इरसको अ’सर मानिसमा जस्तै पर्ने गरेको पाइएको थियो ।

तर विशेषज्ञहरुले नियामकको परीक्षण र मापदण्डको लागि १८ महिनासम्म लाग्नसक्ने चे’तावनी दिएका छन् ।

अहिले कोभिड–१९ को विकासका लागि विश्वभर कम्तीमा २० ओटा खो’प विकासको क्रममा छन् । सीएसआईआरओले विश्वभरका प्रमुख संस्थाहरुले छानेको दुई विकल्पलाई आधार बनाएर आफ्नो खो’पको परीक्षण गरिरहेको छ । साथै यसबारे गरिएका अधिकांश शोधलाई पनि आधार बनाएको छ । त्यसैअनुसार दुई किसिमको खो’पको विकास गरिएको हो ।

नतिजा आउन कति समय लाग्छ ?

वैज्ञानिकहरुकाअनुसार जुनको सुरुवातसम्ममा यो खोपको पहिलो नतिजा आइसक्छ । यो सफल भयो भने यसको फेरि क्लिनिकल परीक्षण अन्यत्र कुनै ल्याबमा गरिनेछ । यो अवधिसम्ममा विश्वभर यो भा’इरसवि’रुद्ध धेरै खो’पको परीक्षण हुन थाल्नेछन् ।

तर विशेषज्ञहरुले नियामकको परीक्षण र मापदण्डको लागि १८ महिनासम्म लाग्नसक्ने चे’तावनी दिएका छन् ।

अक्सफोर्ड यूनिभर्सिटीले निर्माण गरेको खो’प अर्को ल्याबबाट अर्कै जनावरमा पनि परीक्षण भइरहेको छ । ग्रेनफेल भने यो सहाकार्यप्रति आशावादी देखिएका छन् । उनले यो सहकार्यबाट आफूहरु सफलतामा पुग्ने विश्वास पनि व्यक्त गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०९:०५