मलेसियामा महिलालाई अनौठो प्रस्ताव: मेकअप गरेर र राम्रा कपडा लगाउनुहोस ।

मलेसिया सरकारले कोरोनाभा’इरसका कारण जा’री लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई निकै अनौठो सल्लाह दिएको छ ।

लकडाउनको क्रममा दिइएको सरकारको यो सल्लाहलाई महिला वि’रोधी भन्दै निकै आ’लोचना पनि भइरहेको छ ।

मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जा’री गरेको हो ।

लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जा’री गरेको हो ।

यसैको एक पोस्टरमा महिलाहरुलाई घरबाट काम गर्ने क्रममा सामान्य दिनमा जस्तै मेकअप गरेर सजिने र राम्रा कपडा लगाउन सल्लाह दिइएको छ ।

मन्त्रालयले लकडाउनलाई विदा भन्दै लेखेको छ ‘आमाको लागि यति लामो विदा र घरबाट काम गर्नु क’ठिन हुन सक्छ किनकि अ’क्सर उनीहरुको ध्यान भ’ट्किन्छ ।’ यद्यपि आ’लोचनापछि यो पोस्टलाई हटाइएको छ ।

महिला संगठनहरुले मन्त्रालयको यो एडभाइजरीको आ’लोचना गरेका छन् । अल वुमन्स ए’क्सन सोाइटीले भनेको छ ‘महिलाहरुसँग मेकअप गर्ने र राम्री देखिने भन्दा बाहेक अरु पनि धेरै काम हुन्छन् । महिलाहरु पनि मानव हुन् कुनै सामान होइन । यसरी मेकअप र लुकमा जोड दिनु अनावश्यक हो ।’

प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०३:४४