बिहीबार दिन के गर्न हुन्छ के हुँदैन?आज भगवान विष्णुको पूजा गर्दा हुन्छ धन लाभ

आज विहीवार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् ।

विहीवारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दा’न गरेमा शौभाग्य मिल्ने विश्वास रहि आएको छ । आजको दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा न’क्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

बिहीबार दिन के गर्न हुन्छ के हुँदैन?

धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ ।

अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृ’ष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल त त्काल मिल्छ भन्ने विश्वास गरिन्छ ।

बिहीबार के गर्ने

जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ ।

–बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बा’ल्नु राम्रो हुन्छ ।
– निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छ।
– ब्रह्माणलाई कुनै पहेँलो वस्तु दान गर्नु फाइदाजनक हुन्छ ।
– भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ ।
–फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।

के गर्न हुँदैन

धर्मशास्त्र अनुसार, बिहीबार, कपाल नुहाउनु हुँदैन, रौं का’ट्नु हुँदैन, दारी का’ट्ने वा नङ का’ट्नु हुँदैन, त्यस्तै भारी कपडा धुनु पनि हुँदैन ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार, बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अ’शुभ हुने मान्यता छ । रौं का’ट्दा गुरु ग्रह कमजोर हुने विश्वास गरिन्छ । यसो गर्दा शि रमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी का’ट्ने, रौ का’ट्ने, फेशियल गर्ने, नङ का’ट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो ह’टाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।

बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको स’म्बन्ध पनि राम्रो हुने धर्म शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ००:२१