प्रिंयका कार्कीको भाइरल तस्विर

काठमाडौं । अभिनेत्री प्रियंका कार्की बेलाबेला चर्चामा आइरहन्छिन्। कहिले आफ्नो अभिव्यक्ति त कहिल्यै तस्विरका कारण।

हाल ग’र्भवती रहेकी उनले बेबीबम्पका तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छन्। ग’र्भवती हुँदा कस्तो खाना खानु हुन्छ र हुँदैन भनेर उनले आफ्नो आधिकारिक युट्युब च्यानलमा बताउने गरेकी छिन्।

प्रियंकाले पछिल्लो समय सेयर गरेको एउटा तस्विर भने भाइरल बनेको छ। तस्बिरमा उनले जुस पिइरहेको देखिन्छ। साथै उनले आफ्नो बेबी बम्पमा चित्र कोरेर जुस खुवाइरहेको देखाएकी छिन्।

झुटो खबरले स्त’ब्ध भएकी इलियाना

बलिउडमा कलाकारको बिषयमा विभिन्न खालका गसिपहरु चलिरहेका हुन्छन् । मिडियामा कलाकारका बिषयमा आउने केही यस्ता खबरले भने उनीहरुको जीन्दगी र करिअरमा नै असर गरेको हुन्छ ।

नायिका इलियाना डिक्रुजले पनि हालै एक अन्तरवार्तामा आफ्ना बिषयमा सार्वजनिक भएका गलत खबरको बिषयमा जानकारी दिएकी छिन् ।

उनले, सन् २०१८ मा आफू ग’र्भगती भएको खबर सार्वजनिक भएको बताइन् । यो खबरले आफूलाई निकै नै चिन्तित बनाएको पनि इलियानाले उल्लेख गरेकी छिन् । उनले, केही मानिसहरुले यस्तो खबर पनि छाप्ने गरेको भन्दै यो झुटो भएको उल्लेख गरिन् । इलियानाले सामाजिक संजाजबाट आफू गर्भवती नभएको भनेर लेख्नुपरेको थियो ।

यस्तै, आफूले आ’त्मह’त्या गरेको खबर पनि सार्वजनिक भएको इलियानाले बताएकी छिन् । उनले, यो खबरले पनि आफूलाई निकै दुखी बनाएको उल्लेख गरेकी छिन् ।
घरमा काम गर्ने एक महिलाले यो कुरा पक्का गरेको भन्दै खबर आएको इलियानाले बताइन् । तर, आफूले अहिलेसम्म घरमा काम गर्ने महिला नै नराखेको भन्दै इलियानाले यस्तो खबरले कलाकारको जिन्दगीमा असर गर्ने बताइन् ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार १०:४१