यी हुन् ३ पटकको प्रयोगमै अनुहारको दाग हटाई छाला चम्किलो बनाउने उपाय

काठमाडौँ । आजभोलि छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरु पाईन्छ। जस्मा विभिन्न रसायनहरु मिसाईएको हुन्छ।

जसले स्वास्थ्यमा नराम्रो असर गर्छ। आज हामी तपाईंलाई प्राकृतिक उपायबारे जानकारी दिन्छौं। यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ।

आलु र कागतीको प्रयोग
आवश्यक सामाग्रीहरु १ वटा आलु १–२ कागतीको रस

बनाउने विधि:सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस। त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस्। यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस्।

आलु र काँक्रोको प्रयोग :१ वटा आलु ‘१–२ काँक्रो

बनाउने विधि:सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस्। त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस्। यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस्।

केही दिन लगातार यसको प्रयोगले तपाईको अनुहारको दाग हटेर छाला चम्किलो हुने गर्छ। यो उपाय प्राकृतिक तथा घरेलु भएका कारण अनुहारमा खासै असर पनि पर्दैन्। त्यसले सजिलै घरमै भएका सामाग्रीबाट यो विधिको प्रयोग गर्न सक्नुहुनेछ।

यो पनी पढ्नुहोस:यी १० चिज अनुहारमा लगाउदै नलगाउनुहोस् नत्र..

काठमाडौँ। घाँटीदेखि माथि नाक, मुख, आँखासहितका अङ्ग समेत टाउकाको अगाडिको भागलाई अनुहार भनिन्छ। कुनै पनि व्यक्तिको पहिचान तथा परिचयका लागि अनुहारले महत्वपूर्ण भूमिका खेल्दछ। अनुहारले नै हो, मानिसको व्यक्तिवलाई सकारात्मक र नकारात्मक प्रभाव पार्ने।

यदि व्यक्तिको अनुहारमा थुप्रै दाग, पोतो, डण्डीफोर छन् भने यसले उसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने गर्छ। यस्ता व्यक्तिहरु आफ्नो अनुहारलाई लिएर धेरै संवेदनशील हुने गर्छन्। जसकारण सामाजिक भेटघाटमा नजाने, एक्लै बस्ने, साथीभाइ नभेट्ने अनि अन्ततः डिप्रेसनको सिकार हुने गर्दछन्।

त्यसैगरी, यस्ता समस्याबाट मुक्ति पाउन उनीहरुले चिकित्सकको परामर्श बिना अनेकौँ रसायन उक्त क्रिम, पाउडरदेखि लिएर अन्य थुप्रै घरेलु उपचारको सहारा लिन थाल्छन्। जसले अनुहारको छालालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा थुप्रै नोक्सानी पुर्याइरहेको हुन्छ।

जानिराखौँ अनुहारमा लगाउनै नहुने १० चिज
साबुन र स्याम्फू
– साबुन र स्याम्फूमा सल्फेट भन्ने रसायानिक पर्दाथ पाइन्छ। यस पदार्थले फिज निकाल्ने काम गर्छ। यदि साबुन वा स्याम्फू अनुहारमा लगाइयो भने यसले अनुहारको चिल्लोपनलाई सुख्खा बनाउँछ । साथै अनुहारको चिल्लोपनालाई घटाई छालाको पीएचको मात्रालाई पनि गडबड गर्दिन्छ, जसले अनुहारको छालामा अन्ततः क्षति पुग्दछ।

धेरै तातो र चिसो पानी – अनुहारमा धेरै तातो पानी पनि प्रयोग गर्नुहुँदैन। यसले छालामा भएको पिएच मात्रालाई कम गरी छालामा भएको चिल्लोपन वा मोइस्चरलाई पनि कम गर्दछ। जसले छाला सुख्खा र फुस्रो हुने गर्दछ। त्यसैगरी, धेरै चिसो पानी पनि अनुहारमा प्रयोग गर्नु हुँदैन। त्यसैले, अनुहारलाई मनतातो पानी वा ठिक्क चिसो पानीले मुख धुँदा उपयुक्त हुन्छ।

स्टेरोइड भएका क्रिम – बजारमा पाईने स्टेरोइड भएका क्रिम वा मल्हमहरुको लामो समयसम्म प्रयोग गर्नाले यसले छालालाई पातलो बनाई मुखको छालालाई संवेदनशील बनाउँछ र रगतका नसाहरु देखिएर मुख रातो हुने गर्दछ । त्यसैले, स्टेरोइड भएका क्रिमहरु प्रयोग गर्दा धेरै सावाधानी अपानाउनु पर्ने हुन्छ।

कागती – घरेलु उपचार गर्न धेरै मानिसहरुले कागतीको रसलाई अनुहारमा लगाउने गर्छन्। कागतीको रसमा भिटामिन ’सी’ को मात्रा बढी हुन्छ र यसको रस मुखमा लगाउँदा यसले छालालाई नकारात्मक असर पुर्याउँछ। जब कागतीको रस लगाएको अनुहार सूूर्यको प्रकाशको सम्पर्कमा आउँछ, यसले रियाक्सन गर्दै एलर्जी हुने गर्दछ। र यस्ता एलर्जीका दागहरु लामो समयसाम्म अनुहारमा बस्ने गर्दछ।

बडीलोसन वा बडी मोइस्चराइजर – बजारमा पाइने बडीलोसन तथा मोइस्चराइजर पनि अनुहारमा धेरै लगाउँनु हुँदैन। यी उत्पादनहरु विशेषगरी जिउँका लागि बनाइएको हुन्छ र यसमा भएका थुप्रै रासायनिक पदार्थले अनुहारको छालालाई जर्रो, सुख्खा बनाउँछ। जुन, छालाको लागि पनि त्यति फाइदाजनक हुँदैन।

नरिवलको तेल – विशेषगरी जसको छाला सुख्खा छ, उसले नरिवलको तेल लगाउनु केहि हद सम्म राम्रो पनि हुन्छ । धेरै छाला रोग विशेषगज्ञहरुले यसको सल्लाह पनि दिने गर्छन। तर, नरिवलको तेल मुखमा लगाउनु उत्तम मानिँदैन, विशेषगरी जसलाई डण्डीफोरको समस्या छ र जसको अनुहारको छालामा चिल्लोपन आउँछ, त्यस्ता व्यक्तिले नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन। नरिवलको तेल अनुहारका लागि बाक्लो हुन्छ र यसले चिल्लोपन निस्कासित गर्ने ग्रंथीहरुलाई रोकिदिन्छ।

परफ्युम र हेयर स्प्रे – परफ्युम र हेयर स्प्रेमा पाइने केमिकलहरुले गर्दा मुुखको छालालाई असर गर्ने गर्छ। यसमा भएको झोल पर्दाथले छालाको तेल निस्कासित गर्ने ग्रथीहरुलाई ब्लक गर्दिन्छ र डण्डीफोरको समस्या भएका बिरामीहरुलाई नराम्रो असर गर्दछ।

पेट्रोलियम जेली – नरिवलको तेल जस्तै पेट्रोलियम जेली अनुहारमा लगाउनु त्यति उचित वा उपयुक्त हुँदैन। यसले नरिवलको तेल जस्तै अनुहारमा भएका तेल निकाल्ने ग्रन्थीहरुलाई ब्लक गर्दिन्छ र चिल्लो अनुहार भएका व्यत्तिहरुको लागि यसले नराम्रो असर गर्छ।

हेयर कलर – हेयर कलरमा एलर्जी गराउने तत्वहरु हुन्छ जसले गर्दा हाम्रो आँखाको वरीपरी एलर्जी हुन्छ ।

टुथपेस्ट – टुथपेस्टमा पाइने रासायनिक पदार्थमा अनुहारको छालामा कालो दाग बनाउने पदार्थ हुन्छ। जुन लामो समयसम्म रहन्छ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ०६:२१