लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावमाथि मतदान हुन भन्दा ठिक एक दिन अगाडी आइतबार बिहान उनको राजीनामा आएको हो ।

फ्लोर क्रसको त्रासले उनको राजीनामा आएको चर्चा चलेको छ । पोखरेलको रजिनामा सँगै नयाँ सरकार गठनको मार्ग खुलेको छ ।

पोखरेलको रजिनामा स्वीकृत गरे सँगै प्रदेश प्रमुख धर्मनाथ यादवले अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।

प्रकाशित मिति १९ बैशाख २०७८, आईतवार ०६:०१