नेपालमा अबको एक महिनामा दैनिक एक लाख ९३ हजार संक्रमित थपिने र १४९ जनाको मृत्यु हुनसक्ने प्रक्षेपण

काठमाडौं । नेपालमा अबको एक महिनापछि अवस्था झनै भयाभह हुने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गर्दै नेपालमा एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने उल्लेख गरेको छ ।

मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङमा हाल बढिरहेको संक्रमणको दर नरोक्ने हो भने एक महिना पछि दैनिक एक लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै आएकी डा अर्पण श्रेष्ठका अनुसार अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलने दर एकदमै उच्च रहेको देखाउँदै यही अवस्थामा संक्रमण फैलिँदै गएमा अबको एक महिनामा दैनिक करिब २ लाख हाराहामारीमा संक्रमित फेला पर्ने छन् ।

त्यस्तै अब एक महिनामा दैनिक १४९ जनाको मृत्यु हुनसक्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । संक्रमितको दर अहिले नै ३० प्रतिशत माथि पुगिसकेको मन्त्रालयले जनाएको छ । जुन गति भारतको भन्दा तिब्र हो ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार २३:५३