मूर्ख कालिदास यसरी विद्वान भए !

उनी मूर्ख थिए । हो, उनी साह्रै मूर्ख थिए, तर सुरुका दिनमा । जीवनको पूर्वार्द्धमा । उनी यति धरै मूर्ख थिए कि रूखको हाँगोमा बस्थे । त्यो पनि हाँगाको टुप्पातिर आफु बसेर फेदतर्फ आफु बसेकै हाँगा काट्न थाल्थे । हाँगाको टुप्पातिर बसेर फेदतर्फ काट्ने ती मूर्ख व्यक्ति थिए– कालिदास !

सुरूमा उनी मन्द बुद्धिका मानिन्थे । अशिक्षित पनि थिए, तर पछि उनैले भनेका छन्– ‘विद्यालय नगई जीवनका सुन्दर क्षणहरू बिताउने मानिसको जीवन कहिल्यै सफल हुँदैन ।’ उनको जीवनकालका बारेमा अझै पनि मतैक्यता छैन । उनकै समयकी राजकुमारी

विद्योत्तमा साह्रै विदुषी थिइन् । उनीसँग मै हुँ भन्ने विद्वान, पण्डितहरूले षड्यन्त्र गरे पनि हार्थे । रूखको टुप्पामा बसी फेद काटिरहेको कालिदास देखेर शस्त्रार्थमा हार्ने ती पण्डितहरूले षड्यन्त्र गरी त्यो पटमूर्खसँग राजकुमारी विद्योत्तमाको बिहे गराइदिन खोजेछन् । त्यसपछि उनीहरूले कालिदासलाई उक्त विदुषीसमक्ष लागेछन् । उनले नबोल्ने ब्रत लिएको भन्दै हातको इशाराले शास्त्रार्थ गरे । अनि कालिदासको बचाउ गर्दै ती पण्डितहरूले विदुषीलाई हराए ।

त्यसपछि ती दुईको बिहे गराई बदला लिए । पण्डितहरूले षड्यन्त्र गरी आफ्नो बिहे पटमूर्ख कालिदाससँग गराइदिएको कुरा पछि विद्योत्तमाले थाह पाइन् । उनी रिसाइन् र कालिदासलाई घरबाट घोक्रेठ्याक लगाएर निकालिन् । त्यसबाट कालिदासको आत्मसम्मानमा ठेस पुग्यो । उनको मन दुख्यो, उनी लज्जित बने र मनमनै

सङ्कल्प गरे- ‘म एकदिन ठूलो विद्वान हुन्छु ।’ त्यसपछि आफु ठुलो विद्वान नभई घर नै नफर्कने सङ्कल्प गरी उनी घर छाडेर हिंडे ।

त्यो चो’ट, त्यो मर्मस्पर्शी घटनाले उनीजस्तो पटमूर्खलाई महाकवि बनाइदियो । अभिज्ञान शाकुन्तलम् नामक कृतिले उनको प्रसिद्धि चुलियो । त्यसै गरी मेघदुत नामक अर्को उत्कृष्ट काव्यले उनलाई उचाइमा पुर्यायो । जुन कृति विश्वका विभिन्न भाषामा अनुदित छन् । त्यसबाहेक उनले विक्रमोवर्शीय, मालविकाग्निमित्र, रघुवंश, कुमार सम्भव जस्ता महाकाव्य पनि लेखेका छन् ।

एकपटक उनी घुम्न गइरहँदा एउटी महिलाले माटाको गाग्रो र एउटा कचौरा लिएर ग्राहकको प्रतिक्षामा बसिरहेको देखेर उनलाई उत्सुकता लाग्यो र सोधे– ‘बहिनी तिमी के बेचिरहेछयौ ?’

महिलाले भनिन्- ‘म पाप बेचिरहेकी छु । मसँग पाप छ, इच्छा भए किन्न भन्छु । अनि
मानिसहरू खुशी भएर किन्छन् ।’ कालिदास छक्क परे ।
‘गाग्रोमा पनि कहीं पाप हुन्छ ?’

अनि महिलाले भनिन्– ‘हुन्छ, हजुर, हुन्छ । मेरो यो ग्रगोमा आठवटा पाप भरिएका छन् । ती हुन्– बुद्धिनाश, पागलपन, ल’डाइँ, झ’गडा बेहोसी, विवेकनाश, सदगुणनाश, सुखको अन्त्य ।’ यो सुनेर कालिदास छक्क परे र सोधे– ‘आखिरमा तिम्रो त्यो ग्रगोमा चहिं के छ हँ ?’

महिलाले भनिन्– ‘रक्सी हो, रक्सी । रक्सी नै सबै पापको जननी हो । जसले यो खान्छ, उसले आठवटा पा’प गर्छ । उनी साहित्य, अङ्लकार र व्याकरणका अतिरिक्त ज्योतिषका पनि प्रकाण्ड पण्डित थिए । काव्य साहित्यमा आजसम्म उनी बराबरको कोही पनि कवि तथा नाटककार जन्मन सकेका छैनन् । उनले लगभग २० ग्रन्थहरूको रचना गरे । तर प्राप्त कृतिहरू जम्मा ७ वटा मात्र रहेका छन् ।

तीनमा ऋतुसंहार, मेघदुत, कुमारसम्भव र रघुवंश काव्यग्रन्थ हुन् भने अभिज्ञान, शाकुन्तलम, विक्रमोवर्शीय र मालविकाग्नीमित्र नाटक हुन् ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार १६:०४