गरिमा पन्त:रिलमा शालिन,रियल जीवनमा यस्ती!यो फिदा बनाउने फिगर…..(१५ तस्बिर सहित)

काठमाडौं । कतिपय अभिनेत्री रिल जीवनमा देखिने र रियल जीवनमा सामान्य हुन्छन् । रिलमा कथाले मागेपछि दृश्य दिनुपर्ने उनीहरूको तर्क रहन्छ । तर ठिक उल्टो ।

रिल जीवनमा शालिन देखिने अभिनेत्री गरिमा पन्त भने रियल जीवनमा यस्ती र विन्दाम मुडमा युरोप भ्रमणमा छिन् । बेल्जियमवासी हरि शर्मा थपलियासँग केही समयअघि विवाह गरेकी गरिमा कतै टु पिस त कतिपय ठाउँमा यस्ती अन्दाजमा देखिने गरेकी छन् । उनले आफ्ना तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

पछिल्लो पटक चलचित्र झोलाबाट अत्याधिक चर्चामा आएकी गरिमा अब सिनेमा क्षेत्रमा फर्कन्छीन वा फर्किनन् ? त्यो यसै भन्न सक्ने अवस्था छैन ।नेपाली फिल्मकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको झण्डै एक बर्ष बढी भैसकेको छ ।

झोला बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् ।

एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिरिँदा उनका प्रशंसकहरु एकपटक त दंगै परेका थिए तर फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिनन् । उनी अभिनित फिल्म तीन घुम्ती गएको बर्ष रिलिज भएको थियो ।

तीन घुम्ती ले घरेलू बजारबाट राम्रै पैसा छापेको भए सायद उनको माग पुनः बढ्नेमा शंका थिएन तर त्यो हुनबाट चुक्यो ।कृष्ण धारावासीको चर्चित पुस्तक झोला माथी आधारित भएर निर्माण भएको फिल्म झोलाबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा गरी सुमी नामको एक रेस्टुराँ समेत खोलेकी छिन् ।

यसैवर्ष नेपाल आएर बेल्जियम फर्किसकेकी गरिमालाई अधिकांश फिल्ममा सोझी यूवतीको भूमिकामा दर्शकहरुले देखे ।

उनले फिल्ममा आफ्नो छवि कहिँले धमिलो बनाइनन् न त उनका कुनै खबरहरु नै बाहिर आए । पर्दामा सधै सारी चोलो वा कुर्था सुरवालमा देखिएकी गरिमाको शरीरबाट अहिले यी सबै पहिरन हराएका छन् । अहिले उनको पहिरन हेर्दा दर्शकको होस उड्छ । विवाहपछि पहिरनमा खुलेकी गरिमाको शरीरमा अहिले वान पिसले समेत ठाउँ पाउन थालेका छन् ।

हालैमा उनले आफ्नो इन्स्टाग्राममा बल्जियमको समुन्द्री तटहटमा खिचिएका केही हट तश्वीरहरु शेयर गरेकी छिन्, जसले फिल्म झोलाकी सोझी गरिमा पन्त विर्साउँछ । उनका यी तश्वीबाट यो भन्न सायद गलत नहोला कि गरिमाले बिहेपछि आफ्नो शरीरबाट साडी चोलीलाई अलआउट गरेकी छिन् ।

सुन्दर मेरो नाम, पराई, सासु नन्द भाउजु, मनले मनलाई छुन्छ, ठूली, सासु ससुरा, फूल, प्रितिको फूल, भैहाल्छ नी, जीवन मृत्यु लगायतका दुई दर्जन फिल्ममा काम गरिसकेकी गरिमाले फिल्म झोला रिलिजपछि आफ्नो पारिश्रमिक चर्को बनाएको खबर पनि बाहिर आएको थियो । बेल्जियमबाट फिल्मीखबर डटकमसँग कुराकानी गर्दै गरिमाले एकवर्ष भित्रमा नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिने बताएकी थिइन ।

हेरौ उनका केहि सुन्दर तस्बिरहरु।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार १२:१८