निजी अस्पतालले उपचार नगरे का’रबाही गर्न प्रदेश सरकारको निर्देशन

१९ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भा’इरसको त्रा’स रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दा’यरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई का’रबाही हुने बताएको भोलिपल्टै का’र्वाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिएको हो ।

सरकारको आन्तरिक मामिला तथा का’नून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दा’यरामा ल्याई का’र्वाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ ।

त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस म’हामारी लकडाउनको अवधीभर अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्ने/गराउने समेतको का’रबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।

धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दा’यरामा ल्याई का’र्वाही प्रकृया अगाडि बढाउन पत्र पठाउँदै निर्देशन दिएको छ ।

माथिल्लो निकायको कार्यक्षेत्र/बिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सि’फारिस पठाउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय सिंहदरबारसहितका निकायलाई बोद्यार्थ गरिएको पत्रमा आवश्यक सहयोग निर्देशन तथा समन्वयका लागि सादर अनुरोध गरिएको छ ।

निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरेको पाइएको प्रदेश सरकारले जनाएको छ । निजी अस्पतालले आधारभूत स्वास्थ्य सेवा समयमा उपलब्ध नगराउँदा काठमाडौं लग्ने क्रममा बिरामीको बाटोमै मृ’त्यु भएको घ’ट्नाप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारले यस्तो अवस्थामा राज्य केवल मूकदर्शक बस्न नसक्ने जनाएको छ ।

दुई दिनअघि बीरगंजस्थित नेशनल मेडिकल कलेजसहितका निजी र नारायणी उपक्षेत्रीय अस्पताल समेतले खुट्टा का’टिएका एक बिरामीको उपचार गर्न नमानेपछि काठमाडौं लग्ने क्रममा उनको मृ’त्यु भएको थियो ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०७:१२