आज अभिनेत्री पुजा शर्माको जन्मदिन, कतिवर्ष पुगिन् ? (हेरौं फोटो सहीत)

पछिल्ला समयमा नेपाली फिल्म जगतमा चर्चामा रहेकी अभिनेत्री पुजा शर्माको आज जन्मदिन परेको छ । उनी ३० औँ बसन्त पार गरी ३१ औँ बसन्तमा प्रवेश गरेकी छन् । उनी ‘थ्री लभर्स’ नामक फिल्मबाट याे क्षेत्रमा आएकी हुन् । उनी ‘प्रेम गीत’ ‘राम कहानी’ को सफलतापछि निकै चर्चाको शिखरमा पुगिन् ।

जन्मदिनको अवसरमा उनलाई सामाजिक संजालमा सुभकामना दिनेहरूको ओईरो लागेको छ । बेलाबखत विवाद र आलोचनाको भुमरिमा परिरहने शर्मा पछिल्लो समय मिडियामा अभिनेता आकाश श्रेष्ठसंग प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन । तर, प्रेमका बारेमा यी दुबैले कुरा भने खुलेर भनेका छैनन् ।

‘म यस्तो गीत गाउँछु’ र ‘राम कहानी’ मार्फत फिल्म निर्माणमा समेत हात हालेकी उनी एक सफल अभिनेत्रीको चिनिएकि छन् । उनको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिजको तयारीमा थियो तर कोरोना भााइरस संक्रमण रोक्न गतवर्ष जारी लकडाउनसँगै अनिश्चित कालको लागि रिलिज मिति स्थगित भएको छ । हालसम्म पनि कोरोनाको कहर नरोकिएकाले फिल्मको अत्तोपत्तो छैन ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ०५:०३