यो हो बीयर पिएपछि धेरै दूध दिने भैंसी !

एजेन्सी, भारतको लखनउमा एक किसानले भैंसीमाथि अनौठो प्रयोग गरेका छन् । उनले आफ्नो भैंसीले बीयर पिएपछि धेरै दूध दिएको दाबी गरे अहिलेसम्म भैंसीलाई पौष्टिक आहार खुवाएर बढी दूध दिएको खबर आउने गरेपनि बीयर पिलाएर धेरै दूध दिनु अचम्म हो ।

‘मैले जब भैंसीलाई बीयर पिलाउन थालें, तब भैंसीले बढी दूध दिन थालेको छ,’ उनले स्थानीय सञ्चारमाध्यमहरूसँग भने । उनको दाबीलाई सत्य मान्न नसकिने स्थानीयहरूले बताउँदै आइरहेका छन् । तर बीयर बनाउँदा फ्याँकिने वस्तुले चाहिँ भैंसीलाई पौष्टिक आहाराको काम गर्ने स्थानीय अगुवा कृषकहरूले बताएका छन् ।

‘भैंसीले बीयर होइन, बीयर बनाएपछि बाँकी रहेको वस्तु खाएको हुन सक्छ,’ एक अगुवा कृषकले भने, ‘बीयर दूधभन्दा महँगो पर्छ । त्यसैले धेरै दूध आउने भएपनि बीयर पिलाउनु सही होइन । बीयर बनाएपछि बाँकी रहेको वस्तुमा कार्बोहाइड्रेट बढी हुन्छ ।

यो पनि पढ्नुहोस्
काठमाडौं — यो संसारमा पहिला कुखुरी आई कि अण्डा आयो ? यो

प्रश्नले आजसम्म पनि धेरैलाई रिंग्याइरहेको छ । कसैले पनि यसको जवाफ दिन सकेका छैनन् ।

तर अहिले आएर वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् । शेफील्ड र वारविक विश्वविद्यालयले पहिले कुखुरी आएको दाबी गरेका छन् । विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम ओभोक्लाइडिन नामक प्रोटीनबाट अण्डाको खोल बनेको हो र यो प्रोटीनविना अण्डाको निर्माण सम्भव छैन ।

सबभन्दा महत्त्वपूर्ण कुरा त यो प्रोटीन कुखुरीको गर्भाशयमा मात्र पाइन्छ । त्यहाँ बाहेक शरीरका कुनै पनि भागमा यो प्रोटीन पाउन सम्भव छैन ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक डाक्टर कोलिन फ्रीम्यानका अनुसार लामो समयदेखि चलिरहेको यो विवाद अब अन्त्य भएको छ । यसलाई प्रमाणित गर्नका लागि पर्याप्त वैज्ञानिक सबूत पनि उपलब्ध भएको उनी बताउँछन् ।

कुखुरीको गर्भाशयमा प्रोटीन उत्पन्न हुन्छ र त्यसैबाट अण्डा बन्छ ।
तर प्रतिवेदनमा कुखुरी आफैं चाहिँ कहाँबाट आउँछे त भन्ने खुलाइएको छैन । यससम्बन्धमा प्राध्यापक जोन हार्डिङको भनाइ यस्तो छ :

वास्तवमा यो रासायनिक प्रक्रिया एकदमै अचम्मलाग्दो छ । कुखुरीको शरीरमा अण्डाको बोक्रा तयार हुनु नै दुर्लभ प्रक्रिया हो । यो कसरी हुन्छ भनेर थाहा पाइयो भने नयाँ तथ्य बाहिर आउन सक्छ । अहिले यही जान्नका लागि अध्ययनहरू भइरहेका छन् ।
एजेन्सी

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ०४:२८