मनकारी केरा व्यापारी नेपबहादुर चौधरी

लम्की । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन् । चौधरीले मंगलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरेका हुन् ।

उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण गरेको छ । चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ‘‘यस्तो वि’पत्तिको समयमा मेरो पनि केही दायित्व हुन्छ भन्ने ठानेर क्वारेन्टाइमा बस्ने नागरिकका लागि दैनिक आवश्यक केरा उपलब्ध गराउन थालेको हुँ ।’’ चौधरीले भने, ‘‘दिनभरि कार्यक्षेत्रमा ख’टेका नागरिक र क्वारेन्टाइमा बसेकालाई विषादी प्रयोग नगरिएका केरा वितरण गर्न थालेको छु ।’’

चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइमा हाल ३३ नेपाली छन् । नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोगी चौधरीलाई धन्यवाद दिए । ‘‘चौधरी जस्ता मनकारीहरुले सहयोग पनि गर्न थाल्नुभएको छ । क्वारेन्टाइमा बसेकाका लागि हामीले मञ्जन, साबुनदेखि खानासम्म आवश्यक सबै प्रबन्ध मिलाएका छौं ।’’

क्वारेन्टाइमा बस्ने नागरिकको नगरपालिकाले दैनिक दुई पटक स्वास्थ्य परीक्षण गर्ने गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले जानकारी दिए । ‘‘कहिलेकाहीँ विशेषज्ञ चिकित्सकको सेवासमेत दिने गरेका छौँ तर अहिलेसम्म कोही नागरिकमा कोभिड–१९ को सं’क्रमणका कुनै लक्षण देखिएका छैनन् ।’’

विदेशबाट फर्किएकाको घरमा रातो झण्डा

सरकारले हालै विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नि’यम कार्यान्वयनका लागि जानकी गाउँपालिका–९ ले आफ्नो वडामा हालै भारत तथा विदेशबाट आएकाको घरमा रातो झण्डा लगाएको छ । वडाले वडामा भारत तथा विदेशबाट आएका ३० घरमा रातो झण्डा लगाएको हो ।

लम्की चुहामा कोष स्थापना
लम्कीचुहा नगरपालिकाले कोभिड–१९ सं’क्रमणको जो’खिम बढेपछि लकडाउनका कारण ज्यालादारी गर्न नपाएका निम्न आय भएका जनतालाई राहत दिनका लागि राहत तथा उद्धारकोषको स्थापना गरेको छ ।

 

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०४:२७