फेसवुकवाट मौलायको युवती बेच्ने धन्दा, काठमाडौको होटलमा राखेर पुर्याइन्छ यी देशहरूमा

काठमाडौ । सामाजिक सञ्जाल फेसवुकको प्रयोग गरेर मानव बेचबिखन तथा ओसारपसारमा पुरुषहरु संलग्न भएको प्रमाण फेला परेको छ । फेसवुकमा गाउँका महिलाहरुसंग सम्पर्क गरेर काठमाडौ ल्याई उनीहरुलाई अन्य मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना फरार अभियुक्त प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका(२५ ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भनिने विमला विक, चितवन भरतपुर महानगरपालिका(१९ बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर विश्वकर्मा र लमजुङ दोर्दी गाउँपालिका(१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नवीन भनिने नवराज अधिकारी रहेका छन्।

राम्रो काम लगाइदिने भन्दै काठमाडौको होटलमा वेटरको रुपमा काम लगाएर उनीहरुलाई बेचविखन गरिएको प्रहरी अनुसन्धानवाट देखिएको छ । यस्तो कार्यमा संलग्न मध्ये विमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केशबहादुरलाई चितवन भरतपुर महानगरपालिका(३ बाट शुक्रबार र नवराजलाई चितवन पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कुराकानी गरी राम्रो कमाइ हुने भन्दै काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्ट हाउसमा वेटरको काम लगाएकी युवतीलाई अनैतिक काम लगाएको प्रहरी अनुसन्धानवाट खुलेको छ । थिइन्। केशबहादुरले युवतीलाई राहदानी बनाउन सहयोग गरी भारतका विभिन्न स्थानमा ब न्ध क बनाएर श्रीलङ्कासम्म लगेको देखिएको छ ।

त्यसपछि नवराजले लिबियामा रहेको क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारेर दुबई हुँदै लिबियामा लगी कोठामा ब न्ध क बनाएका थिए । त्यस्तै फेसवुकवाट चिनजान गरी अर्की युवतीलाई मकवानपुर वागमती गाउँपालिका(८ भवानचुली बस्ने २४ वर्षीय विजय भनिने आयुष मोक्तानले पनि कम्बोडिया पठाउने भन्दै रकम ठगेको प्रहरीले जनाएको छ । उनी पनि पक्राउ परेका छन् ।

आयुषले काभ्रे पाँचखाल नगरपालिका(८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिएका थिए ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ०३:४५