कारिश्मा र करिना कपुरका पिता रणधीर कपुर अस्पताल भर्ना

काठमाडौं-नायिका करिश्मा कपुर र करिना कपुरका पिता रणधीर कपुर बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । भारतिय मिडियाका अनुसार उनी कोरोना संक्रमित भएपछि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् ।

७४ वर्षका रणधीर ले बलिउड अभिनेत्री बबितासँग सन् १९७१ मा विवाह गरेका थिए । पछि यी दुईको कुरा मिल्न सकेन र उनीहरु अलग बस्न थाले । यद्यपि, उनीहरुको हालसम्म सम्बन्धविच्छेद भने भइनसकेको बताइएको छ ।

रणधीरले १६ महिनामा१६ महिनामा तीन भाइ बहिनी गुमाएपछि अहिले कपुर परिवार शोकमा डुबेको छ । तीन दाजुभाइमध्ये रणधीर मात्रै बाँकी छन् । उनका माहिलो भाइ ऋषि कपुरको निधन सन् २०२० मा अप्रिल ३० मा भएको थियो ।

९ फेब्रुअरी २०२१ मा हृदयघातका कारण कान्छा भाइ राजीवको निधन भएको थियो ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ०३:३१