अमेरिकामा के गर्दैछिन सुहाना ? (फोटो फिचर)

काठमाडौं- अभिनेत्री सुहाना थापा अहिले अमेरिकामा रहेकी छिन् । उनी फिल्म निर्देशक समेत रहेकी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग त्यहाँ पुगेकी हुन् ।अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलाप सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर गराउने गरेकी छन् ।

केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भ’र्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वजनिक भएको थियो ।पछिल्लो तस्बिर भने उनी हिउँमा रमाइरहेको सार्वजनिक भएको छ ।

पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ । त्यही मौकामा सुहानाले ती हिउँमै बसेर तस्बिर खिचाएकी हुन् । तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् । तस्विरमा सुहाना निकै खुशी देखिएकी छन् ।सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् ।

फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणामा पुगेको छ ।घुमघामका साथै फिल्मका एउटा गीतको समेत छायाँकनको उद्देश्यले सुहाना आमाबुबा सहित त्यहाँ पुगेकी हुन् ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १७ बैशाख २०७८, शुक्रबार ०३:१७