रीमाको ह’ट १५ तस्विर (फोटो फिचर)

मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । बरु उनी होस्टको रूपमा भने निकै चर्चित बनिन् । उनी खास गरेर ‘नेपाल आइडल’ को होस्ट बनेका कारण चर्चामा छिन् ।

रीमाले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने उनी म्युजिक भिडियोमा पनि देखिने गरेकी छन् ।

उनले ऋतु, भिसा गर्ल, भाले फा’इट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालमा शेयर गरेकी हुन्छन् ।

नायिका रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याएकी हुन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’ तर, उनले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् ।

संचारकर्मीले बिहेको प्रसंग कोट्याउँदा निर्देशक विशाल भण्डारीले बिहेको कुरा गर्दा रीमा उठेर हिड्न सक्ने बताएका थिए । त्यसको जवाफ दिदै उनले अब बेला भएको बताएकी हुन् ।

रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’

बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा उनको डिभोर्स भएको थियो । हामीले सामाजिक सञ्जालमा रीमाले शेयर गरेका केही सुन्दर तस्वीर प्रस्तुत गरेका छौँ !

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १६ बैशाख २०७८, बिहीबार १३:५०