भाग्यमानी नायिका उपासना

चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

गतबर्ष चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले यो बर्ष अभिनय गरेको चलचित्र ‘कबडडी कबडडी कबडडी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हारहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समिक्षक र दर्शकले रुचाए ।

चलचित्र हिट हुनु र कलाकारलाई दर्शकले रुचाउनु एउटै कुरा भने होइन । तर, उपासनाको भागमा भने दुबै कुरा परेको छ ।

दोश्रो चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका यो बर्षकी भाग्यमानी नायिका हुन भन्दा फरक पर्दैन । किनकी, यो बर्ष हिट भएका ५ चलचित्रमध्ये एक चलचित्र उनको नाममा छ । चलचित्र हिट हुनु र कलाकारलाई दर्शकले रुचाउनु एउटै कुरा भने होइन । तर, उपासनाको भागमा भने दुबै कुरा परेको छ ।

उनले, आगामी बर्षको भदौ महिनासम्म पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन ।

प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार १०:४२